जति गरेपनि महिला गर्भवती हुन सकेकी थिइनन्। जब महिलाको खुट्टामा चोट लाग्यो र एक्स–रे गर्न अस्पताल लगियो।
तब मात्र थाहा भयो ती महिलाको पाठेघर नै रहेनछ। डाक्टरहरुका अनुसार ती महिलामा पुरुषको गुण भएको ‘वाई’ गुणसूत्र छ।
तर महिलाकै शरीर, यौनांग, गुण, भाव भएकी उनी जैविक रुपमा पुरुष हुन् भनेर बल्ल थाहा भएको हो।
साउथ चाइना मर्निङ पोस्टका अनुसार यो घटनालाई लिएर डाक्टरहरु नै चकित बनेका छन्।
उनीहरुका अनुसार यी महिला पुरुष भएर जन्मिनुपर्ने थियो।
पुरुषको गुणसूत्र हुँदा पनि महिला भएर जन्मिएको घटनालाई दुर्लभ मानिन्छ र त्यस्ता मानिसलाई ‘इन्टरसेक्स’ भनिने गरिएको छ।
डाक्टरहरुले ती महिलासँग सोधपुछ गर्दा जीवनमा कहिल्यै उनले रजस्वलाको अनुभव नगरेको पनि थाहा पाएका थिए।
डाक्टरहरुले ती महिलामा ‘४६ एक्सवाई डिसअर्डर’ भएका कारण यस्तो शारीरिक समस्या देखिएको बताएका छन्। एससीएमपी
प्रतिक्रिया