ad ad

रोचक


विवाह गरेकै बिर्सिएर श्रीमतीकै प्रेममा परे यी व्यक्ति, अन्ततः भयो दोस्रोपटक विवाह!

विवाह गरेकै बिर्सिएर श्रीमतीकै प्रेममा परे यी व्यक्ति, अन्ततः भयो दोस्रोपटक विवाह!

नेपालखबर
असार १५, २०७८ मंगलबार ९:३१,

५६ वर्षका पिटर तीन वर्ष अगाडि मात्र बिर्सने रोग अज्लाइमरबाट पीडित बनेका थिए। त्यसपछि उनले लिजा मार्सलसँग १२ वर्ष अगाडि विवाह गरेकै बिर्सिए।

तर लिजा भने श्रीमानको हेरचाह गर्छिन्। हरेक समय उनको सेवामा रहँदै आएकी छिन्।

गत डिसेम्बरमा जब उनीहरु आफ्नो मनपर्ने टीभी कार्यक्रम हेरिरहेका थिए, पिटरले लिजालाई अचानक विवाहको प्रस्ताव राखे।

पिटरले यो बिर्सिसकेका थिए कि उनीहरुले विवाह गरेका थिए। श्रीमानबाट विवाहको प्रस्ताव आएपछि लिजा निकै हर्षित भइन्।

उनले आँखाभरी आँशु पार्दै विवाह गरौं भनेर सहमति जनाइन्। 

उनीहरु एक हुँदा हुँदै पनि दोस्रोपटक प्रेममा परे। यतिबेला उनीहरुले दोस्रोपटक विवाह गरिसकेका छन्।

श्रीमानबाट छुट्टिने होकि भन्ने चिन्ता भएकी लिजा यतिबेला श्रीमानको नयाँ माया पाएर हर्षित छिन्।

The loving couple kiss after exchanging vows.

लिजालाई पिटरले फेरि बिर्सिन्छन् भन्ने चिन्ता अवश्य छ। तर उनी भन्छिन्,‘जीवन समाप्त नभएसम्म हामी एक हुनेछौं। हामीलाई कसैले अलग्याउन सक्दैन।’

तर ५४ वर्षकी लिजा सीएनएनसँग कहिलेकाँही आफ्नो मन दुख्ने बताउँछिन्।

उनी भन्छिन्,‘हामीले नयाँ सम्झनलायक क्षण विताएका छौं। तर म उनलाई पुराना याद दिलाउन चाहन्छु। त्यो पल सम्झिन्छौरु भनेर सोध्न चाहन्छु। यद्यपी पिटरले पुराना याद बिर्सिसके।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .