गण्डकी


पीयूको दीक्षान्त समारोहमा भाग लिन प्रधानमन्त्री प्रचण्ड पोखरामा

पीयूको दीक्षान्त समारोहमा भाग लिन प्रधानमन्त्री प्रचण्ड पोखरामा

फाइल तस्बिर।


नेपालखबर
फागुन ८, २०७९ सोमबार १२:१४, पोखरा

प्रधानमन्त्री प्रचण्ड पोखरा आएका छन्।

पोखरा विश्वविद्यालयको १८ औ दीक्षान्त समारोहमा भाग लिन उनी पोखरा आएका हुन्।

माओवादी केन्द्रको स्थायी कमिटी बैठकलाई पछाडि सारेर पोखरा आएका प्रचण्डको दीक्षान्त समारोहलगत्तै कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम तय भएको माओवादी कास्कीले जनाएको छ।

शिक्षामन्त्रीसमेत रहेका प्रचण्डले विश्वविद्यालयबाट स्नाकोत्तर  र स्नातक गरेका ६ हजार ९९९ जना विद्यार्थीलाई दीक्षित गर्दैछन्।

पोखरा विश्वविद्यालयका रजिष्टार दीपकबहादुर भण्डारीका अनुसार नोयडा विश्वविद्यालयकी उपकुलपति यो दीक्षान्त समारोहकी प्रमुख अतिथि हुन्।

पोखरा विश्वविद्यालयबाट हालसम्म स्नातक र स्नातकोत्तर गरी ४८ हजार ९०८ जना विद्यार्थी दीक्षित भइसकेका छन्।

सोमबार पीएचडी गर्ने एकजनामात्रै दीक्षित भएको विश्वविद्यालयले जनाएको छ। ती विद्यार्थीले पनि व्यवस्थापनमा पीएचडी गरेका हुन्। 

स्नातकोत्तरमा सोमबार दिक्षित हुनेमध्ये ठूलो संख्या एमबीएको छ। जहाँ ६९४ जना विद्यार्थी रहेका छन् भने एमबीए फाइनान्स गर्नेहरुको संख्या १२० जना रहेको छ।

एमफील गर्ने ३५, कन्ट्रक्सन म्यानेजमेण्टमा एमएस्सी गर्ने ११०,वातावरण विज्ञानका ४५,प्राकृतिक स्रोत तथा वातावरणमा एमएस्सी ७,कम्प्युटर विज्ञानका २६,एमबीए ६९४ पनि दीक्षित भएका छन्।

स्नातकतर्फ बीबीएमा २ हजार २२५,बीबीए (ब्याङ्किङ एण्ड इन्स्योरेन्स) मा ४६४,बी फर्मामा १५६, बीपीएचमा २८४,बीइ कम्प्युटरमा २३५ जना रहेका छन्। विश्वविद्यालयका अनुसार दीक्षितमध्ये ५७२ जना विद्यार्थी डीन लिस्टमा पर्न सफल भएका छन्।

स्नातक तहमा सीजीपीए ३.७ र स्नातकोत्तरमा ३.८ अंक प्राप्त गर्नेलाई डीन लिस्टमा राखिएको हो।  

२०५४ सालमा पोखरा ३० ढुंगेपाटनमा स्थापित पोखरा विश्वविद्यालयसँग हाल व्यवस्थापन,विज्ञान तथा प्रविधि,स्वास्थ्य विज्ञान र मानविकी तथा सामाजिक शास्त्र गरी ४ वटा संकायहरु रहेका छन्। ती संकायअन्तर्गत ४ वटा आंगिक, ४ वटा संयुक्त आंगिक र ५८ वटा सम्बन्धन प्राप्त महाविद्यालयहरु रहेका छन्।

ती महाविद्यालयहरुले स्नातक र स्नातकोत्तर तहमा १७,एमफिलमा एउटा र विद्यावारिधिमा ३ वटा गरी ३८ वटा कार्यक्रम संचालन भइरहेका छन्। 

आङ्गिक,संयुक्त आङ्गिक र सम्बन्धन प्राप्त महाविद्यालयहरुमा ६४ वटा कार्यक्रम संचालितल रहेको विश्वविद्यालयका रजिष्टार दीपकबहादुर भण्डारीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .