गण्डकी


पोखरा महानगरले भन्यो : धर्मको आवरणमा गुण्डागर्दी भयो

पोखरा महानगरले भन्यो : धर्मको आवरणमा गुण्डागर्दी भयो

नेपालखबर
फागुन २३, २०८१ शुक्रबार २१:५९, पोखरा

पोखरा महानगरपालिकाले अनुमतिबिना भूमिपुजन गर्न खोज्दा शुक्रबार अप्रिय घटना घटेको बताएको छ।

शुक्रबार साँझ विज्ञप्ति जारी गरी महानगरले ‘उच्च अदालत पोखरामा विचाराधीन अवस्थामा रहेको कोटीहोमसँग सम्बन्धित सम्पूर्ण कार्यक्रमहरू स्थगन गर्न पोखरा महानगरपालिकाले अनुरोध’ गरेको पनि स्पष्ट पारेको छ।

फागुन २३ गते महानगरपालिकाका जनप्रतिनिधिहरू कार्यक्रम स्थलमा उपस्थित भई कार्यक्रम स्थगन गर्न अनुरोध गर्दा अटेर गरी पोखरा बाहिरका मानिसहरू समेत जम्मा गरी गुण्डागर्दी शैलीमा रड, लाठी र हतियार सहित साङ्घातिक आक्रमणमा उत्रिएको महानगरको आरोप छ।

मानव सेवा फाउन्डेसन नामक संस्थाले पोखराको लेकसाइड स्थित बाराहीघाट मैदानमा शुक्रबार भूमिपूजन गर्न खोज्दा प्रहरी र पूजाका लागि जम्मा भएको समूहबीच झडप भएको थियो।

आक्रमणमा परी ११ जना महानगर प्रहरीहरू र केही अन्य व्यक्तिहरू समेत घाइते भएका महानगरले जनाएको छ। घाइतेहरुको मेट्रोसिटी अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ।

धर्मगुरु विजय भण्डारीको नेतृत्वमा आगामी वैशाखमा पोखरामा कोटिहोम सञ्चालन गर्न बर पिपलका रुख निमुठ पारेपछि कोटिहोम विवादित बनेको छ।

पोखरा महानगरले कुनै हालतमा कोटिहोम हुन नदिने बताउँदै आएको छ। हाल यो विषय अदालतमा विचाराधीन छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad