गण्डकी


पोखरा स्पोर्ट्स् अवार्डः अरुणा र विश्वास वर्ष उत्कृष्ट

पोखरा स्पोर्ट्स् अवार्डः अरुणा र विश्वास वर्ष उत्कृष्ट

नेपालखबर
बैशाख २६, २०८२ शुक्रबार २०:४५, पोखरा

अघिल्लोपटक मनोनयनमा परेर पनि निराश बनेकी अरुणा शाहीले पोखरामा शनिबार सम्पन्न नवौं संस्करणको पोखरा स्पार्टस् अवार्डमा महिलातर्फको उत्कृष्ट खेलाडीको अवार्ड हात पारेकी छन्।

नेपाल खेलकुद पत्रकार पञ्च गण्डकीको आयोजनामा भएको अवार्डमा भलिबलले वर्ष उत्कृष्ट महिला/पुुरुषसँगै उत्कृष्ट खेल संघसमेत प्राप्त गरेको छ। भलिबलकी अरुणाले उपाधिसँगै टेल्जी स्कुटर हात पारिन्।

पोखरा इभेन्ट सेन्टरमा आयोजना गरेको समारोहमा मनोनयनमा परेका उत्कृष्ट ३ मध्ये वर्ष खेलाडी महिलातर्फ भलिबलकी अरुणा शाहीले समेत अवार्डमा ह्याट्रिक गरेकी हुन्। वर्ष खेलाडी महिला विधामा आइटीएफ तेक्वान्दो/मुआथाइकी सुस्मिता थापा मगर र फेन्सिङकी कृपा गुरुङ समेत मनोनयनमा परेका थिए।

अरुणासँगै भलिबलका विश्वास अधिकारी वर्ष खेलाडी घोषित भए। उनी गण्डकी प्रदेशका मिडलब्लकर हुन्। उनले पनि टेल्जीको स्कुटर हात पारे।

उनीसँगै टेनिसका प्रदीप खड्का र फुटबलका सुमित श्रेष्ठ पिनि मनोनयनमा परेका थिए।

नवौं पोखरा अवार्डअन्तर्गत म्याग्दी जिल्ला भलिबल संघले उत्कष्ट खेल संघ संस्था वा क्लबको उपाधि हासिल गरेको छ।  त्यस्तै मञ्चले लाइफटाइम अचिभेमन्ट अवार्डबाट शुटिङकी प्रशिक्षक भगवती खत्री केसीलाई सम्मान गरेको छ। उनलाई चाँदीको करुवासहित अवार्ड प्राप्त गरेकी छन्।

महिला वर्ष खेलाडी उपाधि बिजेता अरुणा शाही नेपाली महिला भलिबल राष्ट्रिय टिमकी कप्तान हुन्। मुक्तिदान विद्यालयबाट आफ्नो खेल जीवनको सुरु गर्दा उनी मात्र १३ वर्षकी थिइन्। परिवारको बाधाबीच उनी भलिबललाई नै रोज्दै अघि बढिन्। 

राष्ट्रिय प्रतियोगिताहरुमा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै खेल्ने अरुणाले सन् २०१४ मा नेपालमा आयोजना भएको माल्दिभ्ससँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गर्ने मौका पाएकी थिइन्। 

त्यसयता नियमित राष्ट्रिय टोलीमा आफ्नो स्थान बनाइराख्न सफल अरुणाले भारतसँगको मैत्रिपूर्ण,साउथ एशियन आमन्त्रण भलिबल च्याम्पियनसीप, एभीसी सेन्ट्रल जोन, १२ र १३ औं दक्षिण एशियाली खेलकुद (साग) खेल्दै भलिबलमा आफ्नो एकछत्र राज गरिरहेकी छन्। 

२०८१ साल उनका लागि अझ स्वर्णिम बन्यो। अन्तर्राष्ट्रिय भलिबल खेल्न थालेको ३७ वर्षको इतिहासमा उनको कप्तानीमा नेपाली महिला टोलीले भारतमाथि जीत निकाल्यो। फाइनलमा भारतसँगै पराजित भएर उपविजेता भएको थियो। टाइगर कपमा पनि आयोजक टाइगर ग्रुप पोखराबाट सहभागी बनेर उपाधि जिताएकी थिइन्। 

त्योभन्दा अघि आठौं एनभिए कपमा एभरेष्ट भलिबल क्लबबाट सहभागी बनेर टिमलाई द्वितीय बनाउन भूमिका खेलिन्। २०८१ सालमै नेपालमै पहिलो पटक भएको महिला भलिबल लिगमा चितवन शक्तिको मार्की खेलाडी थिइन्।

पुरुषतर्फ वर्ष खेलाडी विश्वास अधिकारी नवलपुर बौद्धिकाली गाउँपालिका ३ बाँझोबारीका उनी २ वर्षअघि मात्रै गण्डकी प्रदेशको टिममा डेब्यु गरे। मिडल ब्लकरको भूमिकामा खेल्दै आएका उनले २०६५ सालमा जन्मिएका विश्वासले श्रीलंकामा भएको काभा यु–२० भलिबल च्याम्पियनसिप खेल्दै रजत पदक हासिल गर्न सफल भएका थिए। 

उनका लागि राष्ट्रिय टिमबाट खेलेको यो पहिलो खेलसमेत हो। उनले प्रथम सहाना प्रधान यु–१९ महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा उनी पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए। 

३४ औं राष्ट्रिय मेन्स भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले तेस्रो स्थान हासिल उनी टोलीमा थिए। आठौं पिएम कप महिला/ पुरुष भलिबलमा दोस्रो, चौथो टाइगरकपमा दोस्रो  भएका थिए। 

१६ वर्षदेखी भलिबल खेल्न सुरु गरेका उनको पहिलो यात्रा स्थानीय क्लब नयाँछापबाट खेल्दै आएका थिए। त्यो बाहेक प्रदेशस्तरीय र पालिका स्तरीय खेलमा उनले प्राप्त गरेका पदकहरु पनि धेरै छन्।

उदीयमान खेलाडीतर्फ क्रिकेटकी रचना चौधरी उत्कृष्ट बनिन्। सो विधामा भलिबलका जीतबहादुर सार्की र एथ्लेटिक्सका बादल कार्की उपाधि होडमा थिए। 

टेनिसका नीरज थापा र भलिबलका रमेश केसीलाई पछि पार्दै उत्कृष्ट प्रशिक्षक फुटबलका राजेन्द्र तामाङ बने। उत्कृष्ट खेल संस्थाको अवार्ड म्याग्दी जिल्ला भलिबल संघले प्राप्त गर्‍यो भने वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड विजय नेपालले पाए। उनीहरूलाई ३५ हजारसहित अवार्ड प्रदान गरिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad