गण्डकी


पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

नेपालखबर
माघ २०, २०८२ मंगलबार १८:२९, पोखरा

पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको छैन। सडकछेउ र चोकमा फोहर थुप्रिएको छ। फोहर व्यवस्थापन नहुँदा सहर कुरूप मात्र बनेको छैन मानव स्वास्थ्यमा असर  पर्ने जोखिम बढेको छ। फोहर नउठ्दा पोखरा महानगरपालिकाप्रति सर्वसाधारण असन्तुष्ट बनेका छन्। पोखरामा फोहर व्यवस्थापनको समस्या पुरानै हो। महानगरले फोहर व्यवस्थापनका लागि दीर्घकालीन उपाय निकाल्न अझै सकेको छैन।  

पोखरा–३२ लामेआहालमा रहेको अस्थायी फोहर व्यवस्थापन केन्द्र भरिएपछि समयमा फोहर उठ्न नसकेको हो। महानगरका इन्जिनियर एवं ‘रिसाइकलिङ र अपसाइकलिङमार्फत हरित रोजगारी सिर्जना परियोजना’का सहजकर्ता नेत्र तिमिल्सिनाले फोहर व्यवस्थापनका लागि वैकल्पिक ठाउँको खोजी भइरहेको बताए। 

‘जेनजी आन्दोलनका क्रममा भारी मात्रामा फोहर निक्लेपछि लोमआहालको ल्याण्डफिल साइट नै भरिएकाले फोहर व्यवस्थापनमा समस्या निम्तिएको हो’, उनले भने, ‘नयाँ ठाउँको खोजीमा हामी दिनरात लागिपरेका छौँ, आज पनि वडा नं २१ का केही ठाउँ हेरेर फर्केका छौँ।’ इन्जिनियर तिमिल्सिनाले महानगरले प्रयास गर्दागर्दै पनि स्थान अभावका कारण समयमा फोहर उठ्न नसकेको बताए। 

महानगरवासीलाई समस्या बुझिदिन आग्रह गर्दै उनले केही दिनमै पोखराका सडक र चोकमा थुप्रिएको फोहर व्यवस्थापन गरिने बताए।
‘घरमा जम्मा भएको फोहर केही दिन सडकमा ल्याएर नथुपार्न आग्रह गरेका छौँ, फोहर व्यवस्थापनमा हरेक नागरिकको पनि आफ्नै दायित्व हुन्छ’, उनले भने। स्थायी ल्याण्डफिल साइटका निर्माणका लागि जग्गा व्यवस्थापनका गर्न स्थानीयवासीको सहयोग र सहजीकरण जरुरी रहेको उनले बताए।

लामो सयमसम्म फोहर नउठ्दा सहरमा दुर्गन्ध फैलने देखिए पनि महानगरले केही दिनअघि सार्वजनिकस्थलमा खाडल खनेर फोहर पुरेको थियो। सडकमा मात्र नभएर घरघरमै फोहर थुप्रएिकाले तत्काल उचित व्यवस्थापन हुनुपर्ने स्थानीयवासीको माग छ। फोहर व्यवस्थानमा देखिएको चुनौतीलाई दीर्घकालीन रूपमा समाधान गर्न नसके यो समस्या पुनः दोहोरिरहने देखिन्छ। केही वर्षअघिसम्म पोखरा–१८ बाच्छेबुडुवामा रहेको ल्याण्डफिल्ड साइट निर्माण गरी फोहर व्यवस्थापन हुँदै आएको थियो। 

पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आए पनि उक्त ल्याण्डफिल साइट बन्द गरिएको थियो। त्यसपछि पोखरा–३२ लामेआहालमा अस्थायी ल्याण्डफिल साइट निर्माण गरी फोहर व्यवस्थापन गरिँदै आएको थियो। पोखरामा हाल १८० देखि २०० टनसम्म फोहर उत्पादन हुँदै आएको छ। फोहरलाई उद्यम र आर्थिक उपार्जनसँग जोड्न परियोजना सञ्चालन गरेको पोखरा महानगरपालिका लागि अनुत्पादक फोहरको व्यस्थापनमा भने चुनौती देखिएको हो। 

महानगरपालिकाले कोरिया अन्तरराष्ट्रिय सहयोग नियोगको आर्थिक सहयोग, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको प्राविधिक सहयोगमा ‘रिसाइकलिङ र अपसाइकलिङमार्फत हरित रोजगारी सिर्जना परियोजना’ सञ्चालन गरेको छ। परियोजनामार्फत हाल अभ्यासमा रहेको प्रयोग गर्ने र फाल्ने ‘थ्रो अवे’ को सट्टा चक्रीय अर्थतन्त्र प्रणालीमा आधारित रिसाइक्लिङरअपसाइक्लिङ उद्यमहरू स्थापना गरी हरित अर्थतन्त्रलाई प्रर्वद्धन गर्ने उद्देश्य लिइएको छ। ठोस फोहरमैलाबाट सिर्जना हुने प्रदूषण तथा नकारात्मक वातावरणीय प्रभावलाई न्यूनीकरणमा परियोजनाले टेवा पु¥याउने महानगरले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad