गण्डकी


मुख्यमन्त्रीको लक्ष्यसहित गण्डकी प्रदेश ओर्लेका खगराजको सहज जित

मुख्यमन्त्री हुन भने संसदीय अंकगणित बाधक
मुख्यमन्त्रीको लक्ष्यसहित गण्डकी प्रदेश ओर्लेका खगराजको सहज जित

वाशुदेव मिश्र
मंसिर ९ , काठमाडौँ

२०७४ सालमा झण्डै १४ हजारको मतान्तरले कांग्रेसका यज्ञबहादुर थापालाई पराजित गर्दै संसद् छिरेका खगराज अधिकारीलाई प्रधानमन्त्री केपी ओलीले  मन्त्री बनाएनन् । 

स्वास्थ्यमन्त्री भइसकेका अधिकारी एमाले संसदीय दलको प्रमुख सचेतकमा चित्त बुझाउन बाध्य बने। तर, प्रधानमन्त्री ओलीले दोस्रोपटकको संसद् विघटनपछि २०७८ जेठ २७ गते ‘प्यारा’ अधिकारीलाई गृहमन्त्री बनाए। 

ओलीसँगै जेल जीवन बिताएका अधिकारी सर्वोच्चको आदेशपछि १३ दिनमै  पदबाट हट्न बाध्य भए। उनका शुभेच्छुकहरुले धक फुकाएर ‘पूर्वगृहमन्त्री’को सम्बोधन गर्न पाएनन्।पूर्वस्वास्थ्यमन्त्रीमै चित्त बुझाउन बाध्य बने। 

खासमा, खगराज २०७४ सालमा संघीय संसद् हैन, गण्डकी प्रदेशसभा झर्न चाहन्थे। उनले पत्रकार सम्मेलनमार्फत आफू गण्डकीको मुख्यमन्त्री बन्न तयार रहेको अभिव्यक्ति दिएका थिए। तर, उनको चाहना पूरा भएन। 

उनलाई कास्की क्षेत्र नम्बर १ बाट संघीय सांसदको उम्मेदवार बनाइयो। २०७९ को चुनावमा भने उनले सोचेजस्तै भयो। प्रदेशको मुख्यमन्त्री हुने लक्ष्यसहित लमजुङको ‘ख’ बाट उम्मेदवारी दिन चाहेका एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई संघतर्फ पठाइयो। 

यता, खगराज कास्की क्षेत्र नम्बर १ को ‘क’ बाट उम्मेदवार बने। खगराजले प्रतिस्पर्धी माओवादी केन्द्रका दीपक कोइरालालाई ३ हजार ९९६ को फराकिलो मतान्तरले पराजित गर्दै प्रदेशसभाको यात्रा तय गरेका छन्। 

खगराजले १५ हजार ६२३ मत ल्याउँदा दीपकले ११ हजार ६२७ मत ल्याएका छन् । 

अधिकारी गण्डकी प्रदेशसभामा एमाले संसदीय दलको नेता बन्ने पक्कापक्की छ । तर, मुख्यमन्त्री नै बन्ने उनको ‘धोको’मा  संसदीय अंकगणित बाधक देखिएको छ। 

६० सदस्यीय गण्डकी संसदको लागि हालसम्म सार्वजनिक भएको परिणामअनुसार प्रत्यक्षतर्फ कांग्रेसले १६ सिट जितेको छ। 

एमालेको भागमा ११, माओवादी ४ र नेपाल समाजवादी पार्टी अनि स्वतन्त्रले १–१ सिट जितेका छन्। स्याङ्जा २ मा मतगणना हुनसकेको छैन। 

समानुपातिकमा एमाले अगाडि छ तर एक्लै सरकार बनाउन सम्भव छैन। अहिलेको ५ दलीय गठबन्धन टुटेमामात्र उनी मुख्यमन्त्री बन्ने ढोका खुल्नेछ। 

तर, २०४८ सालको निर्वाचनदेखि हालसम्म ३ पटक जित र त्यति नै पटक हार व्यहोरेका  एमाले संगठन विभाग प्रमुख खगराज गण्डकी प्रदेशसभाको आकर्षणको केन्द्र बन्नेमा भने द्विविधा छैन। २०७० सालमा भने उनले टिकट नै पाएका थिएनन्।

मंसिर ९, २०७९, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.