ad ad

ग्लोबल


अफगानिस्तानको मस्जिदमा आत्मघाती हमला : मृतकको संख्या ४७ पुग्यो, ७० भन्दा धेरै घाइते

अफगानिस्तानको मस्जिदमा आत्मघाती हमला : मृतकको संख्या ४७ पुग्यो, ७० भन्दा धेरै घाइते

नेपालखबर
असोज ३०, २०७८ शनिबार ९:३४, काठमाडौँ

अफगानिस्तानको कान्दहार शहरमा अवस्थित एउटा शिया मस्जिदमा शुक्रबार भएको आत्मघाती बम आक्रमणमा ज्यान गुमाउनेको ४७ जना पुगेको छ। विस्फोटमा ७० जना भन्दा धेरै घाइते भएका अधिकारीहरुले जनाएका छन्।

शुक्रबारको साप्ताहिक प्रार्थनाका बेला बीबी फातिमा मस्जिदमा आत्मघाती बम बिस्फोट भएको थियो। उक्त बिस्फोटमा ज्यान गुमाउनेको संख्या ४७ पुगेको अलजजिराले जनाएको छ। 

तीन जना आक्रमणकारीले मस्जिदमा पुगेपछि आत्मघाती बम हमला गरेका प्रत्यक्षदर्शीले बताएका छन्। एक जना आक्रमणकारीले मस्जिदको प्रवेशद्वारमा र दुई जनाले भित्र प्रवेश गरेर बिस्फोट गराएका त्यहाँका अधिकारीहरुले जनाएका छन्। 

ठूलो समूह शुक्रबार साप्ताहिक प्रार्थनामा सहभागी भएको बेला बिस्फोट गराइएको हो। अहिलेसम्म आक्रमणको जिम्मा कसैले लिएको छैन।

एक साता अघि पनि अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा रहेको शिया मस्जिदमा विष्फोट हुँदा एक सय जनाको मृत्यु भएको थियो। सो घटनाको जिम्मा भने आतंकवादी संगठन आईएस–केले लिएको थियो। 

कान्दहारमा शुक्रबार भएको आक्रमणमा पनि आईएस–के कै संलग्नता हुन सक्ने अनुमान अधिकारीहरुले गरेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .