ad ad

ग्लोबल


‘रुसको सहयोगमा भारतले पनि बनाउँदैछ हाइपरसोनिक मिसाइल’

‘रुसको सहयोगमा भारतले पनि बनाउँदैछ हाइपरसोनिक मिसाइल’

नेपालखबर
कात्तिक ५, २०७८ शुक्रबार १४:३१, काठमाडौँ

एक अमेरिकी रिपोर्टले भारत पनि हाइपरसोनिक हतियारको प्रविधि विकास गरिरहेको मुलुकमध्येको एक रहेको देखाएको छ।

अमेरिकाको स्वतन्त्र कांग्रेसियल रिसर्च सर्भिस (सीआरएस)को प्रतिवेदनमा अमेरिका, रुस र चीनसँग सबैभन्दा आधुनिक हाइपरसोनिक हतियार भए पनि भारत, अष्ट्रेलिया, फ्रान्स, जर्मनी र जापानजस्ता मुलुकले पनि हाइपरसोनिक हतियारको प्रविधि विकास गरिरहेको उल्लेख छ। 

सीएसआरका अनुसार अष्ट्रेलियाले हाइपरसोनिक हतियारका लागि अमेरिकासँग सहकार्य गरेको छ भने भारतलाई रुसको सहयोग मिलेको छ। प्रतिवेदनमा उल्लेख गरिएअनुसार भारतले सात हाइपरसोनिक क्रुज मिसाइल विकासका लागि रुससँग साझेदारी गरेको छ। त्यस्तै, भारतले दोब्बर क्षमताको हाइपरसोनिक मिसाइल पनि बनाइरहेको छ। 

यो प्रतिवेदन अमेरिकी कांग्रेसका विशेषज्ञले तयार पारेका हुन्। हालै मात्र बेलायती पत्रिकाले चीनले गत अगष्टमा हाइपरसोनिक मिसाइल परीक्षण गरेको दाबी गरेको थियो। चीनले आधिकारिकरुपमा यसको खण्डन गरेको थियो। चीनले उक्त परीक्षण मिसाइल नभई अन्तरिक्षयान भएको बताएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .