ग्लोबल


तेहरानमा खामेनीको शवयात्रा (भिडिओ)

तेहरानमा खामेनीको शवयात्रा (भिडिओ)

नेपालखबर
असार २२, २०८३ सोमबार १३:१३, काठमाडौँ

इरानका पूर्वसर्वोच्च नेता अयातोल्लाह अली खामेनीको शवयात्रा सोमबार बिहान राजधानी तेहरानमा सुरु गरिएको छ। शवयात्रामा ठुलो संख्यामा मानिस सहभागी भएका छन्। 

खामेनीको शव ग्रान्ड मोसल्लाबाट तेहरान ल्याइएको थियो। शवयात्रा १० किलोमिटरसम्म गरिनेछ। जसका लागि १० देखि १२ घण्टा लाग्ने अनुमान छ। 

शवयात्रापछि खामेनीको शवलाई थप धार्मिक अनुष्ठानका लागि कोम लगिनेछ। सम्पूर्ण मार्गमा कडा सुरक्षा व्यवस्था गरिएको छ। शवयात्रामा ठुलो संख्यामा सरकारी अधिकारी, धार्मिक नेता र वरिष्ठ सैन्य अधिकारी पनि सहभागी भइरहेका छन्।

खामेनी गत फेब्रुअरी २८ मा अमेरिका-इजरायलको संयुक्त हवाई आक्रमणमा परिवारसहित मारिएका थिए। 

शवयात्राको भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad