ग्लोबल


अमेरिकाले अफगानिस्तानको सबै सम्पत्ति फिर्ता गर्नुपर्छ– हामिद कारजाई

अमेरिकाले अफगानिस्तानको सबै सम्पत्ति फिर्ता गर्नुपर्छ– हामिद कारजाई

नेपालखबर
फागुन २, २०७८ सोमबार ११:९, काठमाडौँ

अफगानिस्तानका पूर्व राष्ट्रपति हामिद कारजाईले अमेरिकाले अफगानिस्तानको सबै सम्पत्ति फिर्ता गर्नुपर्ने बताएका छन्।

आइतबार राजधानी काबुलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अमेरिकाले आफ्नो निर्णय फिर्ता लिँदै अफगानिस्तानको सबै सम्पत्ति फिर्ता गर्नुपर्ने बताएका हुन्। 

अफगानिस्तानको न्युज च्यानल टोलो न्युजका अनुसार कारजाईले अमेरिकाले रोक्का गरेको अफगानिस्तानको सम्पत्ति कुनै पनि सरकारको नभई अफगानिस्तानका मानिसहरुको भएको बताए।

उनले यो सम्पत्ति अफगानिस्तानको केन्द्रीय बैंकलाई फिर्ता दिनुपर्ने बताएका हुन्। 

गत शुक्रबार अमेरिकी राष्ट्रपति जो बाइडेनले रोक्का गरिएको ७ अर्ब डलरमध्ये ३ अर्ब ५० डलरबराबरको सम्पत्ति मात्र अफगानिस्तानलाई दिनका लागि कार्यकारी आदेश जारी गरेका थिए। 

बाँकी साढे ३ अर्ब भने अमेरिकामै रहने र त्यो रकम ९/११ आक्रमणका पीडितलाई दिइने अमेरिकाले निर्णय गरेको छ। कारजाईले ओसामा बिन लादेनलाई विदेशीले नै अफगानिस्तान ल्याएको बताए।

उनले भने, ‘ओसामा पाकिस्तानबाट अफगानिस्तान आएका थिए र फेरि पाकिस्तान फर्किए, यद्यपि अहिले अफगानिस्तानका मानिसहरु उनको अपराधका मूल्य चुकाइरहेका छन्।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad