ग्लोबल


पाकिस्तानमा कुरानको अपमान गरेको भन्दै एकजनाको निर्मम हत्या

पाकिस्तानमा कुरानको अपमान गरेको भन्दै एकजनाको निर्मम हत्या

नेपालखबर
फागुन २, २०७८ सोमबार १०:५४, काठमाडौँ

पाकिस्तानको  पञ्जाब प्रान्तमा एक व्यक्तिको भिडको कुटपिटबाट मृत्यु भएको छ।

यो घटना पञ्जाबको खानेवाल जिल्लाको तुलंबा सहरमा भएको हो।

खानेवाल जिल्ला प्रहरी र अतिरिक्त आईजी दक्षिण पञ्जाब कार्यालयले भिडको कुटपिटबाट एकजनाको मृत्यु भएको बताएको छ। 

प्रहरीका अनुसार अहिलेसम्म यो मामिलामा ८० जनाभन्दा धेरै मानिसलाई पक्राउ गरिएको छ।

बीबीसीका अनुसार मारिने व्यक्तिलाई भिडले प्रहरी हिरासतबाटै आफ्नो नियन्त्रणमा लिएर कुटपिट गरी हत्या गरेको थियो।

स्थानीयका अनुसार कुरानको अपमान गरेको भन्दै ठूलो भिडले ती व्यक्तिमाथि कुटपिट गरेको हो।

सामाजिक सञ्जालमा  शनिबार राति पोस्ट गरिएको भिडियोमा एक व्यक्तिको शव रुखमा झुड्याइएको देखिएको छ।

अर्को एक भिडियोमा भिडको बीचमा मानिसहरुले एक व्यक्तिलाई ढुङ्गा हानिरहेको देख्न सकिन्छ। 

घटनास्थलमा ठूलो संख्यामा सैनिक परिचालन गरिएको थियो। आक्रोशित भिडले प्रहरीमाथि पनि आक्रमण गरेको थियो।

यो घटनामा केही प्रहरी घाइते भएका छन् भने एकजनाको अवस्था गम्भीर छ। 

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले यो घटनामा दोषीलाई कानुनअनुसार आवश्यक सजाय दिइने बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad