राजनीति


सर्वाेच्चका चार न्यायाधीशविरुद्ध महाभियोग लगाउने तयारीमा एमाले

सर्वाेच्चका चार न्यायाधीशविरुद्ध महाभियोग लगाउने तयारीमा एमाले

आइतबार साँझ ओली निवास (बालकोट) मा बसेको एमाले सचिवालयको बैठक।


नेपालखबर
फागुन २, २०७८ सोमबार १०:१८, काठमाडौँ

सत्तारुढ दलहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि सर्वोच्च अदालतका चार न्यायाधीशलाई महाभियोग लगाउने तयारी गरेको छ। 

एमालेले प्रतिनिधि सभा पुनः स्थापना तथा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने फैसलामा सहभागी न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरिरहेको हो। 

तर त्यसभन्दा अघि आज बस्ने एमाले संसदीय दलको बैठकले महाभियाेग प्रकरणका विषयमा ठोस निर्णय गर्ने एमाले पदाधिकारीले बताएका छन्। 

स्रोतका अनुसार आइतबार बालकोटमा बसेको एमाले सचिवालय बैठकमा सहभागीहरूले उल्लिखित न्यायाधीशहरूविरुद्ध महाभियोग लगाउनुपर्ने धारणा राखेका हुन्।

याे पनिसंसदीय दलको बैठकअघि सत्ता गठबन्धनविरुद्ध एमालेको कडा चेतावनी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .