ग्लोबल


जापानमा गर्मीले बिरामी हुने क्रम बढ्यो

जापानमा गर्मीले बिरामी हुने क्रम बढ्यो

मीना खड्का
असार १७ , जापान

केही दिनदेखि जापानका नागोया, साइतामा, गुन्मा, तोचिगी, गिफुलगायत स्थानमा गर्मी बढेको छ। उच्च तापक्रमका कारण दिनहुँ बिरामी हुनेको संख्या बढेको छ। 

जापानी सञ्चारमाध्यमले जनाएअनुसार गत महिना राजधानी टोकियोमा गर्मीका कारण  १ हजार ५ सय १७  जना बिरामी भएका थिए। खबरमा उल्लेख गरिएअनुसार यो पछिल्लो १० वर्षयताकै उच्च संख्या हो।

उच्च गर्मी जारी रहेकाले दिनहुँ यो संख्या बढ्दै जाने भएकाले सचेत रहन भनिएको छ। 

गर्मीबाट बालबालिका तथा वृद्ध बढी प्रभावित भएका छन्।  

आज विशेषगरी पश्चिमी तथा पूर्वी जापानमा धेरै गर्मी छ। जापानकै उच्च गर्मी हुने ठाउँका रूपमा परिचित साइतामा प्रिफेक्चरको कुमागया सहरमा आज ४० डिग्रीभन्दामाथि तापक्रम रेकर्ड भएको छ।

जापानको अधिकतर स्थानमा तापक्रम ३५ डिग्रीदेखि ४० डिग्रीसम्म पुगेको थियोे भने नागोयामा ३३ डिग्री तापक्रम छ। 

असार १७, २०७९, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad