ग्लोबल


पेलोसी र ताइवानी राष्ट्रपतिबीच भेटवार्ता

पेलोसी र ताइवानी राष्ट्रपतिबीच भेटवार्ता

नेपालखबर
साउन १८, २०७९ बुधबार ९:५०, काठमाडौँ

अमेरिकी संसदकी सभामुख नेन्सी पेलोसी र ताइवानकी राष्ट्रपति त्साई इङ–वेनबीच बुधबार ताइपेईमा भेटवार्ता भएको छ।

बुधबार बिहान भएको भेटको क्रममा ताइवानलाई गरेको सहयोगको सम्मानस्वरुप पोलोसीलाई ताइवानकी राष्ट्रपतिले सम्मान पदक प्रदान गरेकी थिइन्।

पदक प्रदान गर्दै राष्ट्रपति त्साईले पेलोसीले ताइवानको स्वतन्त्रता, प्रजातन्त्र र मानव अधिकारको लागि ठूलो योगदान दिएको उल्लेख गरेकी थिइन्। 

मंगलबार राति पेलोसी ताइवान पुगेकी हुन्। पोलोसीको ताइवान भ्रमणले अमेरिका–चीनबीचको तनाव शिखरमा पुगेको छ। ताइवानकी राष्ट्रपति साईले ताइवानको सार्वभौमसत्ताको लागि अन्तिमसम्म लड्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्। त्यसका लागि विश्वसनीय अमेरिकी साझेदार मुलुकको रुपमा रहने उनको भनाइ छ। 

वार्ताको क्रममा पेलोसीले अमेरिकाले कहिले पनि ताइवानप्रतिको प्रतिबद्धतालाई नत्याग्ने बताएकी थिइन्। उनले भनिन्, ‘ताइवानप्रति अमेरिकाको ऐक्यवद्धता निकै महत्वपूर्ण छ र हामीले आज यो सन्देश लिएर आएका छौं।’ 

चीनले भने पेलोसीको ताइवान भ्रमणले गम्भीर परिणाम निम्त्याउन सक्ने चेतावनी दिएको छ।  यो एक चीन नीतिको गम्भीर उल्लंघन भएको चीनको भनाइ छ। पेलोसी सन् १९९७ पछि ताइवान भ्रमण गर्ने वरिष्ठ अमेरिकी अधिकारी हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .