चिनियाँ जनमुक्ति सेनाले विवादित टापु क्षेत्र ताइवान वरिपरि पाँच दिनदेखि जारी सैन्य अभ्यास सफलतापूर्वक सम्पन्न भएको घोषणा गरेको छ।
बुधबारको छोटो वक्तव्य निकाल्दै चिनियाँ जनमुक्ति सेनाका पूर्वी क्षेत्रीय कमाण्डका प्रवक्ता शि यीले ताइवान वरपरको समुद्र र हवाई क्षेत्रमा संयुक्त सैन्य अभियान सकिएको बताएका हुन्।
'यस सैन्य अभ्यासले सफलतापूर्वक विभिन्न अभ्यासहरू पूरा गरेको छ', उनले भनेका छन्, 'सेनाको एकीकृत संयुक्त युद्ध क्षमताको यो सैन्य अभ्यासले प्रभावकारी परीक्षण गरेको छ।'
तर उनले कमाण्डले ताइवान स्थितिमा हुने परिवर्तनको अनुगमन जारी राख्ने बताउँदै युद्धको नियमित तयारी अभ्यास पनि जारी राख्ने उल्लेख गरेका छन्।
यसअघि चीनले पछिल्लो चार दिनदेखि ताइवानको आसपास जारी सैन्य अभ्यासलाई निरन्तरता दिने घोषणा गरेको थियो।
मंगलबार चीनको जल सेनाले यस्तो जानकारी दिएको थियो। तर बुधबार अचानक यो सैन्य अभ्यास सकिएको घोषणा चिनियाँ सेनाले गरेको हो।
Shares

प्रतिक्रिया