ग्लोबल


दिल्लीनजिकैका ३० तले ट्विन टावर विस्फोट गरेर १२ सेकेन्डमै ढालियो

दिल्लीनजिकैका ३० तले ट्विन टावर विस्फोट गरेर १२ सेकेन्डमै ढालियो

नेपालखबर
भदौ १२, २०७९ आइतबार १५:२२, काठमाडौँ

भारतको राजधानी नयाँ दिल्ली नजिकैको नोएडाको सेक्टर ९३ 'ए' मा रहेका ३० तले ट्विन टावर नौ सेकेन्डमै धुलोमा परिणत भएका छन्। 

आइतबार दिउँसो पौने ३ बजे १२ सेकेन्डमै यी जुम्ल्याहा टावर ढालिएपछि भग्नावशेषमा परिणत भएका हुन्। 

यी टावरलाई ३० सय केजी बारुदबाट यी टावर ढालिएको हो। यीमध्ये एउटा ३२ र एउटा २९ तले थिए।

यी अवैध ट्विन टावर भारतीय समयअनुसार अढाई बजे ढालिएको हो। १ सय मिटरभन्दा अग्ला दुवै टावर ढल्न केबल १२ सेकेन्ड मात्रै लाग्यो। यी टावरमा विस्फोटअघि ७ हजार मानिसलाई अन्यत्र सारिएको थियो।

टावर ढलेपछि प्रशासनले सफाइका लागि ५ वटा सडक क्षेत्रमा सवारी आवागमन रोकेको छ। यहाँ नोएडा पुलिसका ५६० भन्दा धेरै जवान तैनाथ छन्। 

आपतकालका लागि एम्बुलेन्स पनि तैनाथ गरिएको थियो। विस्फोटपछि उक्त क्षेत्रमा वायु प्रदूषण अनुगमनका लागि विशेष प्रदूषण जाँच मेसिन राखिएको छ।

रियल स्टेट कम्पनी सुपरटेकले यी टावर भत्काउनुअघि तयारी गरेको थियो। सात हजार मानिससँगै कुकुर पनि स्थानान्तरण गरिएको थियो।

यी दुई एपेक्स र केएन टावर सुपरटेक बिल्डरले बनाएको थियो। भारत भत्काइएकामध्ये सबैभन्दा अग्ला भवन यिनै हुन्। नोएडाको बाक्लो बस्तीबीच रहेका टावर भत्काउँदा बस्ती नै खाली गरियो।

सन् २०२१ अगस्टमा भारतको सर्वोच्च अदालतले यी ट्विन टावर भत्काउन आदेश दिएको थियो। टावर भत्काएपछि निस्किएको धुलोले आसपासका क्षेत्रको जनजीवन र यातायातमा असर पर्ने भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .