ग्लोबल


अफगानिस्तानमा आत्मघाती आक्रमण, तालिबान समर्थक नेतासहित १८ जनाको मृत्यु

अफगानिस्तानमा आत्मघाती आक्रमण, तालिबान समर्थक नेतासहित १८ जनाको मृत्यु

नेपालखबर
भदौ १८, २०७९ शनिबार ७:५३, काठमाडौँ

अफगानिस्तानको हेरात सहरको एक मस्जिदबाहिर आत्मघाती विष्फोट भएको छ।

शुक्रबार भएको यो विष्फोटमा परी तालिबान समर्थक एक नेताको मृत्यु भएको छ। यो आक्रमणमा समग्रमा १८ जनाको मृत्यु भएको छ।

अधिकारीहरुका अनुसार विष्फोटमा परी मृत्यु हुनेमा तालिबानको समर्थकको रुपमा चिनिने मुजीब रहमान अन्सारी र उनको भाइ पनि रहेका छन्। 

तालिबानले यो आक्रमणको निन्दा गर्द यसलाई भयावह र कायरतापूर्ण आक्रमण भएको बताएको छ। यो आक्रमणमा कसको हात छ भन्ने अहिलेसम्म नखुलेको तालिबानले बताएको छ। 

अहिलेसम्म यो आक्रमणको जिम्मेवारी कसैले पनि लिएको छैन। तर, यसअघि आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस)ले मुजीब रहमान अन्सारीलाई धम्की दिँदै भिडियो सार्वजनिक गरेको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad