ad ad

ग्लोबल


लखनउमा ट्याक्टर ट्रली पोखरीमा खस्दा १० जनाको मृत्यु

लखनउमा ट्याक्टर ट्रली पोखरीमा खस्दा १० जनाको मृत्यु

नेपालखबर
असोज १०, २०७९ सोमबार २०:२२, लखनउ

भारतको लखनउको इटौन्जादेखि कुम्हरावानतर्फ जाँदै गरेको ट्रयाक्टर पल्टिँदा १० जनाको मृत्यु भएको छ। उक्त ट्र्याक्टरमा ४६ जना सवार थिए। ट्रली पल्टिएर पोखरीमा खस्दा सो दुर्घटना भएको बताइएको छ। 

घाइतेहरुलाई इटौन्जा सीएचसीमा भर्ना गरिएको छ। लखनउ रेन्जका आईजी लक्ष्मी सिंहले बताएअनुसार ट्रयाक्टरको ट्रली असन्तुलन भएर इटौन्जाको पोखरीमा पल्टिएको थियो। एसडीआरएफको टोली घटनास्थलमा पुगेर  ३७ जनाको उद्धार गरिसकेको छ। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .