ग्लोबल


आईएमएफको ऋणको बाबजुद पाकिस्तानी रुपैयाँको गिरावट

आईएमएफको ऋणको बाबजुद पाकिस्तानी रुपैयाँको गिरावट

नेपालखबर
असोज १२ , काठमाडौँ

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को ऋण प्रवाहको बावजुद पाकिस्तानको मुद्रामा लगातार  गिरावट आइरहेको  छ।

सत्ता गठबन्धन साझेदारको सल्लाहमा अनावश्यक रूपमा आयात बिल तिर्ने सरकारको निर्णयको त्रुटिले गर्दा विदेशी मुद्रा सञ्चिति घटेको द न्यूज इन्टरनेशनलले उल्लेख गरेको छ। यसबाट आइएमएफ ऋणको स्वीकृतिको बावजुद पनि  सेप्टेम्बरमा रुपैयाँको ठूलो अवमूल्यन  देखिएको छ।

पाकिस्तानका निवर्तमान अर्थमन्त्री मिफ्ताह इस्माइलका नजिकका स्रोतहरू आयात बिल भुक्तानी रुपैयाँको अवमूल्यनको कारण नभएको  बताउँछन्।

ऋण पूर्वनिर्धारित जोखिम, विनाशकारी बाढी र अफगान कारकले रुपैयाँको अवमूल्यनका  मुख्य कारण रहेको स्रोतहरू बताएको  द न्यूज इन्टरनेशनलले उल्लेख गरेको छ।

अर्थ मन्त्रालयमा भएको परिवर्तनसँगै पाकिस्तानी रुपैयाँको अवमूल्यन भएको टिप्पणी गरिएको छ। नयाँ अर्थमन्त्री इशाक डारका नजिकका स्रोतहरूले अवमूल्यन नियन्त्रण गर्न गृहकार्य गरेको दाबी गरेका छन्।

पहिलो तीन महिनाभित्र अमेरिकी डलरको तुलनामा रुपैयाँको भाउ २०० रुपैयाँमा ल्याउने प्रयास भइरहेको दाबी गरिएको छ।

इशाक डारले आफ्ना पूर्ववर्ती मिफ्ताह इस्माइलले गर्न नसकेको विषयलाई कसरी सम्बोधन गर्ने भन्ने प्रश्नको जवाफमा स्रोतहरूले डारले विद्युत महसुल घटाउने, मुद्रास्फीति घटाउन राष्ट्रिय मूल्य समितिहरूलाई पुनः सक्रिय गर्ने  लगायतका योजना रहेको दाबी गरेका छन्।

स्रोतका अनुसार पाकिस्तानको निर्यात उद्योग आयातित वस्तुहरूमा निर्भर छ (६५ प्रतिशत) जसले ठूलो आयात बिलमा योगदान पुर्‍याउँछ।
निकासी नीतिमा पुनरावलोकन गर्न जरुरी छ। यसका लागि डारले निर्यात क्षेत्रमा लक्षित अनुदानमा ध्यान केन्द्रित गर्ने पर्नेछ। रासस/एएनआई

असोज १२, २०७९, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad