ग्लोबल


युक्रेनमा गरिएको जनमतसंग्रह अवैध घोषणा गर्ने प्रस्तावमा रुसको भिटो, भारत अनुपस्थित

युक्रेनमा गरिएको जनमतसंग्रह अवैध घोषणा गर्ने प्रस्तावमा रुसको भिटो, भारत अनुपस्थित

नेपालखबर
असोज १५, २०७९ शनिबार १३:२९, काठमाडौँ

युक्रेनको रुसी कब्जामा रहेका चार क्षेत्रमा गरिएको जनमतसंग्रहलाई अवैध घोषणा गर्न राष्ट्रसंघको सुरक्षा परिषदमा गरिएको प्रस्तावमा रुसले भिटो प्रयोग गरेको छ।

उक्त जनमतसंग्रहलाई अवैध घोषणा गर्दै कुनै पनि मुलुकले रुसमा गाभिएको उक्त क्षेत्रलाई रुसको भूमिको रुपमा मान्यता नदिने प्रस्ताव गरिएको थियो।

यो प्रस्तावबारे भएको मतदानमा रुसले विपक्षमा मतदान गरेको थियो।

१५ सदस्यीय परिषदमा प्रस्तावको पक्षमा १० मत परेको थियो भने रुस मात्रै विपक्षमा रहेको हो।

चीन, भारत, ब्राजिल र गाबोन भने तटस्थ बसेका थिए। 

प्रस्तावमा तत्कालै रुसलाई युक्रेनमाथिको अवैधानिक आक्रमण रोक्न पनि माग गरिएको थियो।

त्यस्तै युक्रेनबाट सबै सैनिक तत्कालै विना कुनै शर्त फिर्ता गर्न पनि आग्रह गरिएको थियो। यद्यपि रुसको भिटोसँगै उक्त प्रस्ताव पारित हुन पाएन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .