उत्तर कोरियाले एकपछिअर्को गरी लगातार १० मिसाइल प्रक्षेपण गरेको छ। दक्षिण कोरियाको सेनाले बुधबार बिहान उत्तर कोरियाले लगातार १० मिसाइल प्रक्षेपण गरेको जानकारी दिएको हो।
उत्तर कोरियाले प्रक्षेपण गरेमध्ये एक ब्यालेस्टिक मिसाइल पहिलोपटक दक्षिण कोरियाको जलक्षेत्रमा खसेको थियो। यससँगै यो द्वीपमा हवाई आक्रमणको चेतावनी जारी गरिएको छ।
पहिलोपटक उत्तर कोरियाले प्रक्षेपण गरेको मिसाइल दक्षिण कोरियाको जलक्षेत्रमा आएर खसेको हो। दक्षिण कोरियाका शीर्ष अधिकारी केङ शिन चुलले उत्तर कोरियाले मिसाइल प्रक्षेपण गर्नु अचम्मलाग्दो र अस्वीकार्य रहेको बताएका छन्।
उत्तर कोरियाले यो मिसाइल प्रहार गर्नुभन्दा पहिला दक्षिण कोरिया र अमेरिकाबीच जारी सैन्य अभ्यास रोक्नुपर्ने बताएको थियो। दक्षिण कोरियाली राष्ट्रपति युन सुक युलले उत्तर कोरियाली आक्रामकताको विषयमा बोल्दै यसको उचित उत्तर दिइने बताएका थिए।
उनले हेलोविनको क्रममा भएको दुर्घटनाको कारण दक्षिण कोरिया शोकमा डुबेको अवस्थामा उत्तर कोरियाको यो कदमले उसको वास्तविक मुहार देखाएको पनि उल्लेख गरेका छन्।
दक्षिण कोरिया र अमेरिकाबीचको सम्बन्ध तोड्ने कुनै पनि प्रयास सफल नहुने उनको भनाइ छ।
Shares

प्रतिक्रिया