कला


आमा भएपछि श्वेताले लेखिन्- जिन्दगीको खुशीको अर्को अध्याय सुरु भयो

आमा भएपछि श्वेताले लेखिन्- जिन्दगीको खुशीको अर्को अध्याय सुरु भयो

नेपालखबर
कात्तिक १६, २०७९ बुधबार १०:०, काठमाडौँ

अभिनेत्री श्वेता खड्का मंगलबार पहिलो सन्ताको आमा बनिन्। पहिलो सन्तानका रुपमा छोरीलाई जन्म दिएकी श्वेताले सामाजिक सञ्जालमार्फत आफ्नो खुशी शुभचिन्तकसँग साटेकी छिन्।

उनले ‘आमा’ शब्दबाट सम्बोधित हुन पाउनु नै आफ्नो जीवनको सबैभन्दा ठूलो अवार्ड भएको बताएकी छिन्। 

गत वर्ष विवाह गरेकी श्वेताले छोरीको जन्मपछि आफू भाग्यमानी नारीको जमातमा सामेल हुन पाएको बताएकी छिन्।

छोरीलाई आफ्नो जीवनको सबैभन्दा ठूलो प्राप्ती र सम्पती भनेकी छिन्। लामो समय पश्चात आफ्नो जीवनमा खुशीको अर्को अध्याय थपिएको उल्लेख गर्दै श्वेताले लेखेकी छिन्, ‘खुशिको अर्को रङ्ग पोतिएको छ अनि आशाको अर्को दिप झुल्किएको छ।

मेरो दाम्पत्य जीवनमा एउटी सुन्दर, सुशील र अवोध सुपुत्रीको आगमनसँगै जीवनको अर्को पाटो सुरुभएको छ।’

उनले आफ्नो प्रसव अवस्थामा सुस्वास्थ्यको कामना गर्ने आफन्तलाई धन्यवाद दिएकी छिन्।

श्वेता अगाडि लेख्छिन् ‘मेरो सुख दुखमा कोमल हात दिने अनि न्यानो साथ दिने मेरो जीवनसाथी विजयन्द्र सिंह रावतलाई मुरी मुरी माया। मेरो काखमा मुसुक्क मुस्कुराई रहेकी सानी परीलाई पनि यो खुल्ला आकाश अनि सुन्दर धर्तीमा हार्दिक स्वागत।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad