चीनको हेनान प्रान्तको अन्याङ सहरस्थित एक फ्याक्ट्रीमा आगलागी हुँदा ३६ जनाको मृत्यु भएको छ।
स्थानीय सञ्चारमाध्यमहरुका अनुसार यो घटनामा परी अन्य दुईजना घाइते भएका छन्।
समाचारमा उल्लेख गरिएअनुसार काइसिन्डा ट्रेडिङ कम्पनी लिमिटेडमा आगलागी भएको हो।
यो घटनामा अन्य दुईजना मानिसहरु हराइरहेको समाचारमा बताइएको छ।
अहिलेसम्म आगलागीको कारण भने खुल्न सकेको छैन।
मंसिर ६, २०७९, मंगलबार
15
Shares
प्रतिक्रिया