चितवन क्षेत्र नम्बर २ मा चुनावी प्रतिस्पर्धा रोचक बन्दै गएको छ। यस क्षेत्रमा सुरुदेखि नै अग्रता लिएका नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले २३ सय ३१ मत प्राप्त गरेका छन्।
यहाँ अहिलेसम्म ७०४१ मत गणना भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट घण्टी चुनाव चिन्ह लिएर उठेका रवि लामिछानेले २२ सय २७ मत प्राप्त गरेका छन्। त्यस्तै, सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेस नेता उमेश श्रेष्ठले २ हजार ३७ मत प्राप्त गरेका छन्।
मतगणना सुरु भएदेखि नै लामिछाने तेस्रो स्थानमा रहेका थिए। पछिल्लो मत परिणाम अनुसार कांग्रेसका उमेश श्रेष्ठ तेस्रो भएका छन् भने लामिछाने दोस्रो स्थानमा पुगेका हुन्।
मंसिर ६, २०७९, मंगलबार
प्रतिक्रिया