ad ad

राजनीति


रौतहट १ मा माधव नेपाललाई एमालेका अजय गुप्ताको कडा टक्कर

रौतहट १ मा माधव नेपाललाई एमालेका अजय गुप्ताको कडा टक्कर

नेपालखबर
मंसिर ६, २०७९ मंगलबार ७:२५, रौतहट

रौतहट क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अग्रता कायम गरेका छन्। 

पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले ५ हजार ४४५ मत प्राप्त गर्दा एमालेका अजयकुमार गुप्ताले ४ हजार ८७३ मत प्राप्त गरेका छन्। यहाँ नेपाल र गुप्ताबीचको मतान्तर ५७२ मात्रै छ।

०७० को दोस्रो संविधानसभा निर्वाचनमा पनि गुप्ताले विजय गच्छदार नेतृत्वको तत्कालीन लोकतान्त्रिक फोरमको तर्फबाट नेपालसँग प्रतिस्पर्धा गरेका थिए।   त्यतिबेला नेपालसँग पराजित बनेका गुप्ता यसपालि एमाले प्रवेश गरी पुरानो हारको बदला लिने दाउमा छन्।

०७० को निर्वाचनमा नेपालसँग जम्मा ३ सयको मतान्तरले हारेका गुप्ता ०७४ सालको स्थानीय चुनावमा जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट गौर नगरपालिकाको मेयरमा विजयी भएका थिए। 

रौतहट १ मा अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवार नेपाल र गुप्ताबीचको प्रतिस्पर्धामा निकै पछि परेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .