अफगानिस्तानको समांगन प्रान्तको ऐबक शहरमास्थित 'जिहादिया' नामक एक मदरसामा बम विस्फोट भएको छ।
अफगान समाचार च्यानल टोलो न्युजले अस्पताललाई उद्धृत गर्दै दिएको समाचार अनुसार यो विस्फोटमा कम्तीमा १५ जनाको ज्यान गएको छ भने २७ जना गभ्मीर घाइते भएका छन्।
केही स्थानीय सञ्चारमाध्यमले यस विस्फोटमा ज्यान गुमाउनेहरुको संख्या फरक फरक उल्लेख गरेका छ्न्।
स्थानीय अधिकारीहरुले पत्रकारहरुलाई बताएअनुसार बुधबार दिउँसोको नमाजकाा क्रममा यो विस्फोट भएको हो। अहिलेसम्म यस घटनाको कसैले पिन जिम्मेवारी लिएको छैन।
तालिबानको आन्तरिक मन्त्रालयका प्रवक्ताले बीबीसीलाई विस्फोटको पुष्टि गर्दै यहाँ ठूलो संख्यामा मानिसहरु घाइते भएका छन्।
स्थानीय अस्पतालका एक डाक्टरले समाचार एजेन्सी एएफपीलाई बताएअनुसार धेरैजसो मृत्यु भएकाहरु मदरसाका विद्यार्थी छन्।
मन्त्रालयका प्रवक्ता अब्दुल नफी टक्कुरले तालिबानको सुरक्षा एजेन्सीले अहिले यो विस्फोटको अनुसन्धा गरिरहेको बताए। यसमा जिम्मेवार मानिसहरुलाई कारबाही गरिने उनले बताएका छन्।
Shares
प्रतिक्रिया