ad ad

ग्लोबल


२०२३ मा १९ अर्ब डलर बराबरको निर्यात गर्दै श्रीलंका

२०२३ मा १९ अर्ब डलर बराबरको निर्यात गर्दै श्रीलंका

नेपालखबर
मंसिर २२, २०७९ बिहिबार ६:५८, काठमाडौँ

श्रीलङ्काले सन् २०२३ मा वस्तु तथा सेवा निर्यातबाट १९ अर्ब अमेरिकी डलर आम्दानी गर्ने अनुमान गरेको लगानी प्रवर्द्धन मन्त्रालयले बुधबार जनाएको छ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “व्यावसायिक वस्तुको निर्यातबाट १४ अर्ब ८० करोड डलर र बाँकी चार अर्ब २० करोड डलर सेवा निर्यातबाट प्राप्त हुनेछ।”

यो लक्ष्य हासिल गर्न मन्त्रालयले श्रीलङ्काको निर्यातको शाख बढाउने, मूल्य अभिवृद्धि र उत्पादनहरूको ब्रान्डिङ गर्ने, नयाँ बजारहरूमा पहुँच बढाउने, निर्यातकर्ताको सङ्ख्या बढाउने र निर्यात क्षेत्रको दक्षता बढाउनेलगायत विभिन्न रणनीतिहरू लागू गरेको मन्त्रालयले जनाएको छ।

यी रणनीति पूरा गर्न सरकारले सन् २०२३ का लागि सात लाख अमेरिकी डलर विनियोजन गरेको मन्त्रालयले जनाएको छ।

श्रीलङ्कामा भ्रष्टाचार वृद्धि र कोभिडका कारण विदेशी मुद्रा (डलर) को अभाव हुँदा खाद्यान्न, औषधि, इन्धनलगायतका वस्तु खरिदमा समस्या भएपछि केही महिना पहिले देशव्यापी चलेको आन्दोलनको दबाबका कारण तत्कालीन राष्ट्रपति गोतबाय राजपाक्ष र प्रधानमन्त्री महिन्दा राजपाक्षले पदबाट बाहिरिनु परेको थियो। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .