ग्लोबल


क्यानडाको टोरन्टोमा साल्सा महोत्सवमा गोली चल्दा दुई जनाको मृत्यु

क्यानडाको टोरन्टोमा साल्सा महोत्सवमा गोली चल्दा दुई जनाको मृत्यु

नेपालखबर
असार २८, २०८३ आइतबार ११:४३, काठमाडौँ

क्यानडाको टोरन्टोमा आयोजित एक महोत्सवमा शनिबार राति अन्धाधुन्ध गोली प्रहार गरिँदा दुई जनाको मृत्यु भएको छ।

स्थानीय समयअनुसार राति ८:१२ बजे सेन्ट क्लेयर एभिन्युमा साल्सा महोत्सव चलिरहेका बेला गोली चलाइएको हो। 

प्रहरी घटनास्थल पुग्दा ६ जना घाइते अवस्थामा फेला परेका थिए। यीमध्ये दुई जनालाई प्रहरीले मृत घोषणा गरेको छ।

प्रहरीले घटनास्थल घेराउ गर्दै मानिसहरूलाई उक्त क्षेत्रबाट टाढा रहन आग्रह गरेको छ।

प्रहरीका अनुसार अहिलेसम्म आक्रमणकारीहरूलाई पक्राउ गर्न सकिएको छैन। 

ओन्टारियोका प्रमुख कार्यकारी डग फोर्डले साल्सा महोत्सवमा भएको हिंसाको निन्दा गर्दै दुई जनाको मृत्यु भएको र धेरै जना घाइते भएको बताएका छन्। 

उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘दोषीलाई पक्राउ गरिनुपर्छ। कानुनअनुसार सजाय दिइनुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad