ग्लोबल


अफगानिस्तान–पाकिस्तान सीमामा गोली आक्रमण, ६ जनाको मृत्यु

अफगानिस्तान–पाकिस्तान सीमामा गोली आक्रमण, ६ जनाको मृत्यु

नेपालखबर
मंसिर २६, २०७९ सोमबार १०:५४, काठमाडौँ

पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा दुई मुलुकका सुरक्षा बलबीच भएको झडपमा परी पाकिस्तानका ६ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।

यो झडप पाकिस्तानको बलुचिस्तान र अफगानिस्ताको कन्धार प्रान्तको सीमानजिकै चमन चौकीमा भएको हो।

पाकिस्तानले आफ्नो तर्फबाट भड्काउने किसिमको कुनै पनि घटना नहुँदा नहुँदै अफगानिस्तानले आक्रमण गरेको बताएको छ। साथै आफ्नो सुरक्षा बलले पनि त्यसको उचित जवाफ दिएको बताएको छ।

पाकिस्तानी सुरक्षा बलले भने आफूहरुले आम नागरिकमाथि आक्रमण नगरेको बताएको छ। पाकिस्तानले यस विषयमा तालिबानसँग सम्पर्क गरेको र आगामी दिनमा यस्ता घटना नदोहोरिने ग्यारेन्टि पनि लिएको बताएको छ। 

एक महिनाअघि अफगानिस्तानको सीमा क्षेत्रमा भएको यस्तै गोली आक्रमणमा परी एक पाकिस्तानी गार्डको मृत्यु भएको थियो।

अफगानिस्तानमा तालिबानको शासन आएसँगै उसको सरकारलाई मान्यता दिने पाकिस्तान पहिलो मुलुकमध्येको एक थियो। यद्यपि पछिल्लो समय भने पाकिस्तानसँगको अफगानिस्तानको सम्बन्धमा उतारचढाव देखिएको छ।

पाकिस्तानी सेनाले पाकिस्तानी तालिबानसँग पनि लडिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .