श्रीलङ्काको अर्थतन्त्र सन् २०२२ मा ११ प्रतिशत र यो वर्ष ३.५ प्रतिशतको हारहारीमा सङ्कुचित भए पनि सन् २०२४ मा भने वृद्धि हुने राष्ट्रपति रनिल विक्रमासिङ्घेले बताएका छन्।
यो सँगसँगै सरकारले कार्यान्वयन गरेका आर्थिक आयोजना र ऋण पुनर्संरचना कार्यक्रम अवरुद्ध भए मुलुक आर्थिक सङ्कटमा फस्ने खतरा रहेको राष्ट्रपतिले चेतावनी दिएका छन्।
उत्तर मध्य प्रदेशको राजधानी अनुराधापुरामा आयोजित एक धार्मिक कार्यक्रमलाई सम्बोधन गर्दै विक्रमासिङ्घेले यस्तो टिप्पणी गरेका हुन्।
21
Shares
प्रतिक्रिया