ग्लोबल


भूकम्प प्रभावित सिरियामाथि लगाइएको प्रतिबन्ध हटाउन अमेरिकालाई दबाब दिन आह्वान

भूकम्प प्रभावित सिरियामाथि लगाइएको प्रतिबन्ध हटाउन अमेरिकालाई दबाब दिन आह्वान

नेपालखबर
माघ २५, २०७९ बुधबार ८:२, काठमाडौँ

इरानी विदेश मन्त्रालयका प्रवक्ताले भूकम्प प्रभावित सिरियाली क्षेत्रमा अन्तरराष्ट्रिय सहायता पु¥याउन सिरियामाथिको नाकाबन्दी र घेराबन्दी हटाउन अमेरिकालाई दबाब दिन विभिन्न देशहरूलाई आह्वान गरेका छन्।

प्रवक्ता नासेर कनानीले सोमबार अर्ध–आधिकारिक मेहर समाचार एजेन्सीसँगको एक विशेष अन्तरवार्तामा टिप्पणी सो बारे गरेका छन्।

टर्की र सिरियाली सरकार र जनताप्रति सहानुभूति व्यक्त गर्दै कनानीले आफ्नो देश प्रभावित दुई देशहरूमा उद्धार र चिकित्सा सहायता पठाउन तत्पर रहेको बताएका छन्।

विगत नौ वर्षभन्दा बढी समयदेखि सिरियाले द्वन्द्वको सामना गरिरहेको छ। यसैबीच प्रवक्ताले अन्य देशहरूलाई अरब राज्यको घेराबन्दी हटाउन संयुक्त राज्य अमेरिकालाई दबाब दिन र अन्तरराष्ट्रिय मानवीय सहायता पु¥याउन आग्रह गरेका छन्।

संयुक्त राज्य अमेरिकाले सिरियाविरुद्ध आर्थिक प्रतिबन्ध लगाएको छ जसका कारण त्यहाँ आवश्यक सामान र अन्तरराष्ट्रिय मानवीय सहायता पठाउन कठिन भएको बताएका छन्।

टर्कि र छिमेकी सिरियामा सोमबार बिहान गएको शक्तिशाली भूकम्पका कारण मङ्गलबार दिउँसोसम्म करिब पाँच हजार मानिसको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .