ad ad

मधेस


मन्त्रीले फुटबल प्रतियोगिताको उद्घाटन गर्ने, नगरपालिकाले दियो सार्वजनिक बिदा

मन्त्रीले फुटबल प्रतियोगिताको उद्घाटन गर्ने, नगरपालिकाले दियो सार्वजनिक बिदा

नेपालखबर
माघ २५, २०७९ बुधबार ८:६, काठमाडौँ

सर्लाहीको बागमती नगरपालिकाले फुटबल प्रतियोगिता उद्घाटनको अवसरमा आज (बुधबार) नगर क्षेत्रमा सार्वजनिक बिदा दिएको छ।

बागमती युवा क्लवको आयोजनामा आजदेखि बागमती नगरपालिका–११ स्थित सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा ७ औँ राजर्षि जनक कप फुटबल प्रतियोगिता सुरु हुँदैछ। 

प्रतियोगिताको आज दिउँसो उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम रहेको बागमती युवा क्लवका अध्यक्ष किस्मतराज मैनालीले जानकारी दिए। 

फुटबल प्रतियोगिताको उद्घाटनलाई भव्य बनाउने उद्देश्यले आज नगरपालिका, वडा कार्यालय, नगर क्षेत्रका शैक्षिक संस्थासहित नगरपालिका मातहतका सम्पूर्ण कार्यालयमा बिदा दिइएको बागमती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेलले जानकारी दिए।

आज हुने प्रतियोगिताको उद्घाटन खेल जाउलाखेल यूथ क्लव र सशस्त्र प्रहरी बल (एपीएफ) बीच हुँदैछ। प्रतियोगितामा आयोजक बागमती युवा क्लवसहित एक विदेशीसमेत १२ वटा क्लवको सहभागिता छ। 

अध्यक्ष मैनालीका अनुसार प्रतियोगितामा बागमती युवा क्लवसँगै यूनाइटेड किंगडम फुटवल क्लव दार्जेलिङ, संकटा क्लव, नेपाल पुलिस क्लव, एपीएफ क्लव, जावलाखेल यूथ क्लव, चर्च व्वाइज यूनाइटेड, सुदूरपश्चिम–११, मच्छिन्द्र फूटवल क्लव, धरान यूवा क्लव, जन–जागृति युवा क्लव सीमरा र प्रतियोगिताको साबिक बिजेता पिप्ले यूथ क्लव हेटौँडा सहभागि हुँदैछन्।

झण्डै एक करोड रुपैयाँ लागत अनुमान गरिएको प्रतियोगिताको बिजेताले नगद १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्ने छ। यस्तै, उपबिजेताले पाँच लाख रुपैयाँ र ट्रफी हात पार्ने छ भने हरेक विधामा उत्कृष्ट हुने खेलाडीलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने अध्यक्ष मैनालीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .