ग्लोबल


मलेसियामा मासु काट्ने मेशिनमा परेर एक नेपालीकाे मृत्यु

मलेसियामा मासु काट्ने मेशिनमा परेर एक नेपालीकाे मृत्यु

नेपालखबर
पुस १४, २०७६ सोमबार १३:२८,

मलेसियाको मलक्का राज्यमा कार्यरत् एक नेपाली कामदारको काम गर्ने क्रममा मासु काट्ने मेशिनमा परेर मंगलबार मृत्यु भएको छ।

मलक्काको अग्नि नियन्त्रण विभागका जुल्खैरनी रम्लीका अनुसार ४७–वर्षीय ती नेपाली कामदार मस्जिद तनाह नजिकै रहेको एक मासु प्रशोधन फेक्ट्रीमा काम गरिरहेका बेला सो दुर्घटना भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले जनाएको छ।

‘अन्य तीन कामदारसँगै उनले पनि त्यहाँ मर्मतसम्भारको काम गरिरहेका बेला मेशिन अचानक अन (चालु) भएपछि सो दुर्घटना भएको थियो,’ जुल्खैरनीले बताए। उनका अनुसार त्यसपछि ती कामदारको शरिर मेशिनबाट झिक्न आधा घन्टा लागेको थियो। घट्नाको छानविन भइरहेको एजेन्सीले जनाएको छ।

मलेसियामा दर्ता भएरै काम गरिरहेका विदेशी कामदारको संख्या करिब २० लाख छ भने त्यहाँ झन्डै ३ लाख ६० हजार नेपाली कार्यरत् छन्।

मलेसियामा अधिकांश नेपालीले सुरक्षा गार्ड, निर्माण कार्य र होटेल लगायतका क्षेत्रमा काम गर्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad