ad ad

ग्लोबल


जापानलाई श्रमिक उपलब्ध गराउने मुलुकमा नेपाल चौथो

जापानलाई श्रमिक उपलब्ध गराउने मुलुकमा नेपाल चौथो

मीना खड्का
फागुन ४, २०७९ बिहिबार १४:३६, जापान

जापानमा १ लाख १८ हजार १ सय ९६ नेपाली श्रमिक रहेको तथ्यांक सार्वजनिक भएको छ। यो सँगै जापानलाई श्रमिक उपलब्ध गराउने मुलुकमा नेपाल चौथो नम्बरमा परेको छ।

जापानलाई सबैभन्दा धेरै श्रमिक उपलब्ध गराउने देशमा भने भियतनाम पहिलो नम्बरमा देखिएको छ। यहाँ सबैभन्दा धेरै भियतनामी श्रमिकहरू कार्यरत रहेको तथ्यांक सार्वजनिक भएको हो। 

जापानको श्रम, स्वास्थ्य तथा कल्याण मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार हाल १८ लाख २२ हजार ७२५ विदेशी कामदारहरु जापानमा कार्यरत रहेका छन्। तिमध्ये ४ लाख ६२ हजार ३८४ जना भियतनामी कामदारहरु जापानमा कार्यरत छन्।

भियतनामका २५.४ प्रतिशत श्रमिक छन्। चीनका ३ लाख ८५ हजार ८४८ अर्थात् २१.२ प्रतिशत श्रमिक सहित दोश्रो स्थानमा छ।

यसैगरी २ लाख ६ हजार ५० अर्थात् ११.३ प्रतिशत श्रमिकसहित फिलिपिन्स तेस्रो नम्बरमा रहेको छ। 

जापानलाई सबैभन्दा थोरै कामदार उपलब्ध गराउने देशमा पेरु रहेको छ। पेरुका ३१ हजार २६३ अर्थात् १.७ प्रतिशत नागरिक जापानमा श्रम गरिरहेका छन्।

भिसा स्टाटसका आधारमा पीआर, जापानी नागरिकसँग विवाह गरेका, पीआरवालाका परिवारहरु जापानको श्रम बजारमा सबैभन्दा धेरै ५ लाख ९५ हजार २०७ अर्थात् ३२.७ प्रतिशत छन्।

वर्किङ भिसामा जापान आएका ४ लाख ७९ हजार ९४९, विशिष्ट गतिविधि (टोकुतेइ खाचुदोउ) ७३ हजार ३६३ (४ प्रतिशत), ट्रेनिङ भिसामा ३ लाख ४३ हजार २५४ (१८.८ प्रतिशत), स्टाटस बेगरका गतिविधि (सिखाकु गाइखाचुदोऊ) ३ लाख ३० हजार ९१० (१८.२ प्रतिशत) रहेको तथ्यांकमा उल्लेख छ।

सिखाकु गाइखाचुदोऊ भनेको विद्यार्थी वा डिपेन्डेन्टहरुले पाउने २८ घण्टा काम गर्ने अनुमति हो। यसरी काम गर्ने सबैभन्दा धेरै ३९.६ प्रतिशत नेपाली विद्यार्थी छन्।

कियोमा मात्रै करिब ८० हजारको हाराहारीमा विदेशीहरुले श्रम गरिरहेका छन्। श्रम मन्त्रालयका अनुसार टोकियो नजिक रहेका साइतामा, चिबा, खानागावासँगै आइची, फुकुओका र ओसाका क्षेत्र बाहेकका अरु प्रिफेक्चरहरुमा विदेशी श्रमिकहरुको संख्या ५ हजार भन्दा कम छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .