इजरायली नियन्त्रित वेस्ट बैंकमा अशान्ति बढेपछि एक इजरायली–अमेरिकी व्यक्तिको गोली हानी हत्या गरिएको छ।
जेरिको सहर नजिकैको राजमार्गबाट हिँडिरहेको सवारीसाधनमाथि आक्रमण हुँदा ती व्यक्तिको मृत्यु भएको बीबीसीले जनाएको छ।
ती व्यक्तिलाई जेरुसेलमको अस्पतालमा लगिएपछि मृत घोषित गरिएको हो।
इजरायलका लागि अमेरिकी राजदूत टम नाइड्सले केही घण्टाअघि भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।
— Ambassador Tom Nides (@USAmbIsrael) February 27, 2023Sadly, I can confirm that a U.S. citizen was killed in one of the terror attacks in the West Bank tonight. I pray for his family.
उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘आज राति वेस्ट बैंकमा भएको आतंकवादी हमलामा एक अमेरिकी नागरिकको ज्यान गएको कुरा म अत्यन्तै दुःखका साथ पुष्टि गर्छु। म उनको परिवारका लागि प्रार्थना गर्दछु।’
इजरायली सुरक्षा बलहरूका अनुसार आक्रमणकारीहरूले इजरायली गाडीहरूमा तीन पटक गोली हानेर जलाएका थिए।
आक्रमणकारीहरू भाग्नु अघि उनीहरूले सुरक्षा बलहरूसँग मुठभेड गरेको इजरायलले भनेको छ।
हालसम्म कुनै प्यालेस्टाइनी संगठनले आक्रमणको जिम्मेवारी लिएको छैन। बीबीसी
Shares

प्रतिक्रिया