ग्लोबल


बंगलादेशको रोहिंग्या शरणार्थी शिविरमा भीषण आगलागी, हजारौं घरबारविहीन

बंगलादेशको रोहिंग्या शरणार्थी शिविरमा भीषण आगलागी, हजारौं घरबारविहीन

नेपालखबर
फागुन २२, २०७९ सोमबार १०:८, काठमाडौँ

दक्षिणपूर्वी बंगलादेशमा रहेको रोहिंग्या शरणार्थी शिविरमा भीषण आगलागी हुँदा हजारौं मानिसले आफ्नो छानो गुमाएका छन्।

आइतबारदेखि सुरु भएको यो आगलागीको चपेटामा अहिलेसम्म कक्स बजार शिविरका २ हजारभन्दा बढी आश्रयस्थल पुगेका छन्।

छिमेकी म्यानमारमा हिंसाबाट भागेका करिब १२,००० मानिस अहिले घरवारविहीन भएको अनुमान गरिएको छ।

आगलागीको कारण भने हालसम्म खुल्न सकेको छैन र मानवीय क्षति भने भएको छैन।

आगलागीले केही बेरमा बाँस वा तारपालले बनेका आश्रय गृहलाई आगो लगाएको थियो।

बंगलादेशका शरणार्थी आयुक्त मिजानुर रहमानले एएफपी समाचार एजेन्सीलाई बताए अनुसार लगभग २,००० आश्रयस्थलहरू जलेको आशंका गरिएको छ र १२,००० म्यान्मार घरबारविहीन भएका छन्।

तीन घण्टामा आगो नियन्त्रणमा लिइएपनि यस अवधिमा कम्तीमा ३५ मस्जिद र आश्रयस्थल ध्वस्त भएको उनले बताएका छन्। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad