ग्लोबल


आर्थिक मन्दी बढेको भन्दै फेसबुकले हटायो १० हजार कर्मचारी

आर्थिक मन्दी बढेको भन्दै फेसबुकले हटायो १० हजार कर्मचारी

नेपालखबर
चैत १, २०७९ बुधबार ८:३२, काठमाडौँ

फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको स्वामित्वमा रहेको कम्पनी मेटाले १० हजार कामदारलाई जागिरबाट निकालेको छ।

१० हजार कामदारलाई जागिरबाट निकाल्नुका साथै कम्पनीमा ५ हजार दरबन्दी खाली राखिएको बीबीसीले जनाएको छ। मेटाका प्रमुख कार्यकारी अधिकृत तथा संस्थापक मार्क जुकरबर्गले सन् २०२२ मा कम्पनीको राजस्वमा भारी गिरावट आएकाले कर्मचारी घटाउनुपरेको बताएका छन्। उनले भनेका छन्, 'कर्मचारी कटौतीको निर्णय दुखद भए पनि यो आवश्यक थियो।'

अमेरिकामा बढेको ब्याजदर, अस्थिरता र नियामक कानुनमा भएको वृद्धिले आम्दानीमा गिरावट आएको उनको भनाइ छ। जुकरबर्गले कर्मचारीहरूलाई सन्देशमा भनेका छन्, 'मलाई लाग्छ  हामी नयाँ आर्थिक अवस्थासँग जुध्न तयार हुनुपर्छ किनभने यो अवधि लामो हुनेछ।'

मेटाले जस्तै गुगल र अमेजन जस्ता ठूला कम्पनीहरूले पनि यस्तै समस्याको सामना गरिरहेका छन् ।

सन् २०२३ को सुरुमै अमेजनले १८ हजार जनालाई जागिरबाट निकालेको थियो। ‘अनिश्चित अर्थतन्त्र’ र अव्यवस्थित रोजगारी सिर्जनाका कारण उक्त कदम लिनुपरेको अमेजनले बताएको थियो।

गुगलको कम्पनी अल्फाबेटले पनि १२ हजार रोजगारी कटौती गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad