कांग्रेस नेता राहुल गान्धीको लोकसभाको सदस्यता खारेज भएपछि वायनाडमा हुने उपचुनावलाई लिएर अड्कलबाजी सुरु भएको छ। निर्वाचन आयोगले यस विषयमा केही निर्णय नगरिसकेकाले सबैको नजर निर्वाचन आयोग निर्णयको प्रतिक्षामा छन्।
राहुलको सांसद पद खारेजीपछि वायनाडमा के हुनेछ भन्ने समाचार भारतीय पत्रिका द हिन्दूले पहिलो पृष्ठमा स्थान दिएको छ।
अखबारमा प्रकाशित समाचार अनुसार राहुललाई सांसदको रूपमा अयोग्य घोषित गर्ने अधिसूचनाको प्रतिलिपि निर्वाचन आयोग र केरलाका मुख्य निर्वाचन अधिकारीलाई पनि पठाइएको छ।
अखबारले लोकसभा सचिवालयका स्रोतहरूलाई उद्धृत गर्दै निर्वाचन आयोगले वायनाडमा चुनाव घोषणा गर्न सक्ने बताएको छ। आयोगले एक साताभित्रै उपनिर्वाचनको मिति घोषणा गर्न सक्ने बताइएको छ।
यसअघि लक्षद्वीपका सांसद पीपी मोहम्मद फैजलको मुद्दामा, उनको सदस्यता जनवरी १३ मा रद्द भएको थियो। १८ जनवरीमा उपचुनाव घोषणा भएको थियो।
सपा नेता आजम खानको यूपी विधान सभाको सदस्यता अक्टोबर २७ मा रद्द भएकोमा नोभेम्बर ६ मा उनको विधानसभा क्षेत्र रामपुरमा उपनिर्वाचन घोषणा भएको थियो। तर खानले आयोगविरुद्ध अदालतमा रिट दायर गरेपछि अदालतले आयोगको विपक्षमा फैसला गरेको थियो। त्यसपछि आयोगले उपनिर्वाचनको सूचना फिर्ता लिनुपरेको थियो।
यसैगरी राहुल गान्धीको मुद्दामा पनि आयोगले उपनिर्वाचन घोषणा गर्छ वा अदालतको आदेश पर्खिन्छ भन्ने आम चासो छ। यदि अदालतले उनलाई दोषी ठहर नगरेमा उनको अयोग्यता खारेज गरिदिनसक्छ र उनी पुन: सांसद बन्न सक्नेछन्।
विज्ञले लोकसभाको अधिसूचनामा कानूनी त्रुटी भएको औलाएका छन्
लोकसभा सचिवालयका पूर्व जनरल पीडीटी आचारीलाई उद्धृत गर्दै अखबारले गान्धीलाई अधिसूचनामा अयोग्य घोषणा गरे पनि वायनाड सीट खाली गरेको घोषणा गरेको छैन।
आयोगले कुनै सिट खाली नभएको खण्डमा मात्र सूचना जारी गर्नसक्ने भए पनि स्रोतलाई उद्धृत गर्दै द हिन्दूले वायनाडमा उपनिर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहेको लेखेको छ।
Shares

प्रतिक्रिया