स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत आज नेपाल कमर्स क्याम्पसमा हुने भनिएको मतदानको समय पर सारिएको छ।
निर्वाचन समितिको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार बिहान आठै बजेदेखि मतदान गर्ने भनिएकामा प्राविधिक कारण बिहान साढे ११ बजेदेखि अपराह्न साढे ५ बजेसम्म मतदान गर्नेगरी समय सारिएको हो।
यसअघि आज बिहान क्याम्पस प्रमुख प्राध्यापक धुवप्रसाद शिलवाल र निर्वाचन अधिकृत तुलसीराम रेग्मी सम्पर्कविहीन भएको भन्दै मतदाता विद्यार्थी अन्योलमा परेका थिए भने नेविसंघले आन्दोलन गरेको थियो।

30
Shares

प्रतिक्रिया