रूसले छिमेकी राष्ट्र बेलारूसमा आफ्ना रणनीतिक आणविक हतियार भण्डार गर्ने सम्झौता गरेको छ।
शनिबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारूसमा हतियार राख्ने सम्झौता भएको सम्झौता भएको घोषणा गरेका छन्। पुटिन समर्थक बेलारुसी राष्ट्रपति एलेक्जेन्डर लुकासेन्को र पुटिनबीचको छलफलमा उक्त सम्झौता भएको हो।
युक्रेन युद्धका क्रममा पश्चिमासँगको दूरी बढ्दै गएको र केही रूसी विज्ञको रूसमा आणविक आक्रमण हुनसक्ने सुझावपछि बेलारुसमा आणविक हतियार भण्डार गरी युद्धको पूर्वतयारी गर्न लागिएको उनले बताएका छन्।
बेलारुससँगको यो सम्झौताले आणविक हतियार ओसारप्रसारमा रोकसम्बन्धी अन्तराष्ट्रिय कानूनको उल्लंघन नगर्ने दाबी पुटिनले गरेका छन्। वर्षौँदेखि अमेरिकाले आफ्ना हतियार युरोपेली सहयोगी मुलुकमा गर्दै आएको उल्लेख गर्दै उनले यस्तो बताएका हुन्।
'आणविक हतियारको ओसारप्रसारसम्बन्धी अन्तराष्ट्रिय कानूनको उल्लंघन नगरी हतियार भण्डारण गर्ने सहमति भएको छ,' उनले बताए।
जुलाई १ सम्ममा हतियार भण्डार गरिसक्ने पनि उनले बताएका छन्।
हालै मात्रै बेलायतले युक्रेनमा सैन्य सहयोग गर्ने घोषणा गरेको थियो।
२०२२ फेब्रुअरीमा रूसले युक्रेनका विभिन्न क्षेत्रमा आक्रमणको तयारी गर्दा केही रूसी सैनिकहरू बेलारुस हुँदै युक्रेन प्रवेश गरेका थिए। युद्धको सुरुवाती दिनदेखि बेलारुस रुसको समर्थनमा उभिएको छ।
प्रतिक्रिया