इजरायल अचेल शान्त छैन, आफ्नो इतिहासको सबैभन्दा गम्भीर घरेलु संकटबाट गुज्रिरहेको छ।
सरकारले न्यायपालिका परिवर्तन गर्न खोजेको विरोधमा त्यहाँका नागरिकहरू आइतबार मध्यरातिदेखि सडकमा छन्। इजरायलको वर्तमान संकट के हो र यसको कारण के हो? यसबारे जान्न इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्यूहको नयाँ कदमबारे जान्न जरुरी छ।
वर्षको सुरुदेखि, इजरायली नागरिक न्यायपालिका परिवर्तन गर्ने सरकारी तयारीविरुद्ध साप्ताहिक प्रदर्शनमा थिए।
आन्दोलन अहिले उत्कर्षमा पुगेको छ। तेल अभिभ सहरमा हजारौं मानिस सडकमा उत्रिएका छन्। देशका अन्य महानगर र सहरहरूमा पनि यस्तै प्रदर्शनहरू भइरहेका छन्। आन्दोलनमा सहभागी मानिसहरूले प्रस्तावित कानूनी परिमार्जन खारेज गर्न माग गरेका छन्।
उनीहरुले प्रधानमन्त्री नेतन्याहुको राजीनामाको पनि माग गरिरहेका छन्। नेतान्याहुका राजनीतिक प्रतिद्वन्द्वीहरू विरोध प्रदर्शनको नेतृत्व गरिरहेका छन्।
सबैभन्दा महत्त्वपूर्ण भनेको नागरिकको बढ्दो आक्रोश हो, जसलाई सैन्य रिजर्भिस्ट भनिन्छ। आन्दोलनरत प्रदर्शनकारीमध्ये इजरायली सेनासँग आवद्ध पनि धेरै छन्। सरकारको यो निर्णयप्रति उनीहरूले आक्रोश व्यक्त गर्दै ड्युटीमा रिपोर्ट गर्न अस्वीकार गर्दै विरोध जनाइरहेका छन्।
नेतन्याहुका विपक्षीहरूले सरकारले न्यायपालिकासँग सम्बन्धित कानूनमा गर्न लागेको परिवर्तनले देशको लोकतन्त्रमा गम्भीर खतरा हुन सक्ने बताएका छन्। नेतान्याहुको यो कदमले न्याय प्रणालीलाई कमजोर बनाउने उनीहरूको भनाइ छ।
यो नेतान्याहु र उनको सरकारविरुद्ध यो हालसम्मकै चर्को विरोध हो।
भ्रष्टाचारको आरोपमा नेतान्याविरुद्ध मुद्दा चलिरहेको छ। प्रधानमन्त्रीले आफूलाई बचाउन मात्रै न्यायपालिका परिवर्तन गर्न खोजेको आलोचकहरू बताउँछन्। विपक्षीहरूले न्यायपालिकासँग सम्बन्धित नियम परिवर्तन गरेर प्रधानमन्त्री नेतान्याहुले आफूलाई बचाउने प्रयास गरेको बताएका छन्।
सरकारको अधिकारको अनुगमन र नियन्त्रण गर्ने अधिकार अदालतलाई छ। तर नेतान्याहु यसलाई परिवर्न गर्न चाहन्छन्।
प्रस्तावित कानूनी परिमार्जनको कडा विरोध भएपनि प्रधानमन्त्री नेतान्याहु पछि हटेका छैनन्। विपक्षीहरूले आफ्नो सरकार गिराउन प्रदर्शन गरिरहेको दाबी उनले गरेका छन्।
तर विपक्षीहरूले तिनीहरूलाई अस्वीकार गरेका छन्। नयाँ कानून फिर्ता लिए मात्रै सरकारसँग वार्ता गर्ने उनीहरूले बताएका छन्।
नेतान्याहु भने रोकिने पक्षमा छैनन्। आफूलाई परिवर्तनका लागि जनताले चुनेको बताउँदै उनले न्यायपालिका परिवर्तन गरिछाड्ने अडान राखेका छन्।
तर दबाब बढ्दै गएपछि इजरायली रक्षामन्त्री युभ ग्यालेलले राजीनामा दिएका छन्। उनले प्रधानमन्त्री नेतान्याहुको कदमको खुलेर विरोध गरिरहेका छन्।
प्रतिक्रिया