इजरायलको नियन्त्रणमा रहेको वेस्ट बैंकमा गोलाबारी हुँदा दुई इजरायली युवतीको मृत्यु भएको छ।
उनीहरू दिदीबहिनी भएको बताइएको छ। १६ र २० वर्ष उमेरका उनीहरूको थप परिचय खुलाइएको छैन।
गोली लागेकी ४८ वर्षीया महिला गम्भीर घाइते भएकी छन्। उनी मृत्यु हुने महिलाकी आमा युवतीकी आमा भएको बताइएको छ।
शुक्रबार जोर्डन उपत्यकाको उत्तरी भागमा रहेको हमारा जङ्सनमा गोलाबारी भएको इजरायली सेनाले जनाएको छ। गाडीमा आक्रमण हुँदा उनीहरू मारिएका हुन्।
उनीहरू बेलायतबाट बसाइँ सरेको वेस्ट बैंक बस्तीका प्रमुखले बताएका छन्। आक्रमण हुँदा उनका बुवा अर्को गाडी चलाइरहेको एजेन्सीले जनाएका छन्।
आक्रमण दक्षिण लेबनान र गाजाक्षेत्रमा इजरायलले हवाइ आक्रमण गरेको केही घण्टापछि भएको हो।
शुक्रबारको घटनालाई आक्रमण इजरायल र प्यालेस्टिनी इस्लामिक विद्रोही समूह हमासबीचको द्वन्द्वका रुपमा विकसित भएको इजरायलको आधिकारिक न्यूज एजेन्सीले जनाएको छ। एजेन्सीका अनुसार उक्त क्षेत्रमा असल्ट राइफलका २२ वटा गोली फेला परेका छन्।
बिहीबार इजरायली सेनाले प्यालेस्टिनी इस्लामिक विद्रोही समूह हमासविरुद्ध कारवाही घोषणा गर्दै गाजा क्षेत्रमा हवाइ आक्रमण गरेको थियो।
हमासले गाजा क्षेत्रबाट बुधबार नौवटा रकेट इजराइलतर्फ हानेको थियो। त्यसको जवाफमा इजरायलले गाजा क्षेत्रमा हवाइ आक्रमण गरेको हो।
गत साता इजरायली प्रहरीले जेरुसेलमस्थित अल–अस्का मस्जिदमा मुस्लिम भक्तजनमाथि कुटपिट गरेको थियो। उक्त हिंसा थप चर्किँदै गएको हो।
अघिल्लो वर्ष अलअक्सा मस्जिदमा इजरायली प्रहरीले मुस्लिम समुदायमाथि धरकपट गरेपछि त्यसबेला पनि दुईबीच युद्ध भएको थियो। युद्धमा तीन सय बढी प्यालेस्टिना मारिएका थिए।
Shares

प्रतिक्रिया