ग्लोबल


रूसले युक्रेनमा पाँचवटा मिसाइल हान्यो

रूसले युक्रेनमा पाँचवटा मिसाइल हान्यो

फाइल तस्बिर।


नेपालखबर
बैशाख १८, २०८० सोमबार ८:१२, काठमाडौँ

सोमबार बिहानै रूसले युक्रेनको कीभ क्षेत्रमा मिसाइल आक्रमण गरेको छ।

सबैभन्दा धेरै जनसंख्या भएको सहर समेत रहेको राजधानी कीभमा हवाइ आक्रमण भएपछि सशस्त्र बलहरूले युक्रेनीलाई अन्य आश्रयस्थलमा जान अनुरोध गरेका छन्।

कीभबाट ५४२ किलोमिटर टाढा रहेको पूर्वी डोनेट्स्क क्षेत्रको क्रामतोस्र्कमा आइतबार राति पाँचवटा मिसाइल प्रहार भएको उक्त क्षेत्रका गभर्नरले बताएका छन्।

टेलिग्रामलाई गभर्नर पाभ्लो किरिलेन्कोले दुई रकेट सहर बाहिरको मैदानमा, दुई औद्योगिक क्षेत्रमा र एउटा निजी क्षेत्रमा खसेको बताए। रूसी सेनाले अवडिभका सहरमा पनि गोलाबारी गरेको जानकारी दिएका छन्।

कीभमा मिसाइल आक्रमणको खतरा बढेपछि हवाइ रक्षाको तयारी युक्रेनले गरेको छ। राजधानी कीभमा पनि विष्फोटको आवाज आएको बताइएकोमा थप जानकारी आइनसकेको टेलिग्रामले बताएको छ।

विस्फोटकोफ आवाज सुनेपछि कीभको एयर डिफेन्सले संयमता अपनाइ सुरक्षित स्थानमा बसाइँ सर्न आग्रह गरेको छ।

'कीभ मिसाइल आक्रमणको खतरामा छ, उत्तरी, मध्य र पूर्वी क्षेत्र पनि खतरामा छन्,' टेलिग्राम च्यानलले भनेको छ।

मिसाइल आक्रमणको क्षतिबारे अहिलेसम्म कुनै रिपोर्ट सार्वजनिक भएको छैन।

गत शुक्रबार मात्रै पनि मध्य युक्रेनी सहर उमानमा रूसले मिसाइल आक्रमण गरेको थियो। त्यसबेला दुईवटा मिसाइल एक अपार्टमेन्टमा ठोक्किएपछि ६ जना बालबालिकाको मृत्यु भएको थियो भने अन्य २३ घाइते भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad