ग्लोबल


राहुल गान्धीविरुद्ध झारखण्ड उच्च अदालतमा मानहानीको अर्को मुद्दा

राहुल गान्धीविरुद्ध झारखण्ड उच्च अदालतमा मानहानीको अर्को मुद्दा

नेपालखबर
जेठ २, २०८० मंगलबार १९:३६, काठमाडौँ

कांग्रेस नेता राहुल गान्धीविरुद्ध झारखण्ड उच्च अदालतमा पनि मानहानी मुद्दा परेको छ। उक्त अदालतले मुद्दाको फैसला केही समयपछि गर्ने जनाएको छ। 

न्यायाधीश अम्बुजनाथको इजलासमा बहस समाप्त भएको छ भने दुवै पक्षलाई बहसको सारांश पैश गर्न आदेश दिइएको छ। 

कांग्रेस नेता राहुल गान्धीले सन् २०१८ मा चाइबासमा भएको पार्टीको भेलामा भारतीय जनता पार्टी (भाजपा) का नेता अमित शाहविरुद्ध आपत्तिजनक टिप्पणी गरेपछि भाजपाका एक जना स्थानीय नेताले मुद्दा दायर गरेका थिए।

नेता गान्धीले आफ्नो पार्टीको भेलामा ‘हत्याको आरोपी भाजपामा मात्र पार्टी अध्यक्ष बन्नसक्छ, काङ्ग्रेसमा यो सम्भव छैन ’ भनेका थिए। यो भनाइबारे जवाफ दिन तल्लो अदालतले नेता गान्धीलाई सूचना पठाएको थियो भने त्यसलाई चुनौती दिँदै उनले उच्च अदालतमा आवेदन गरेका थिए।

तल्लो अदालतको सूचना खारेजीको माग आवेदनमा गरिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad