ad ad

ग्लोबल


रुसद्वारा किभमा पुन: ड्रोन आक्रमण

रुसद्वारा किभमा पुन: ड्रोन आक्रमण

नेपालखबर
जेठ १४, २०८० आइतबार ९:९, काठमाडौँ

रुसले युक्रेनको राजधानी किभमा पुन: ड्रोन आक्रमण गरेको छ। आक्रमणमा कम्तिमा एक जनाको मृत्यु भएको स्थानीय अधिकारीले जनाएका छन्।

कीभका मेयर भिटाली क्लित्सकोले त्यहाँको एक पेट्रोल स्टेसननजिकै ड्रोन खसेको बताए। आक्रमणमा एक महिला घाइते भएको जानकारी उनले दिएका छन्। किभमा २० वटाभन्दा बढी ड्रोन खसालिएको पनि उनले जनाएका छन्।

रुसले युक्रेनको राजधानी किभमा पछिल्लो समय आक्रमण बढाएको छ। आइतबार मात्रै युक्रेनको उत्तर-पश्चिम भोलिनदेखि दक्षिण-पूर्वी निप्रोपेट्रोभस्कसम्म १२ वटा हवाइ आक्रमण भएको बीबीसीले उल्लेख गरेको छ।

ड्रोनका टुक्रा दुईवटा अग्ला भवनमा खसेर आगलागी पनि भएको मेयर क्लित्सको जनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत् स्थानीयलाई रातको समयमा थप खतरा हुनसक्ने भन्दै सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन्।

आक्रमण बढेपछि किभमा युक्रेनले आकस्मिक कर्मचारीहरू खटाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .