ad ad

ग्लोबल


नातिनी हत्या आरोपित मोर्गनमाथि ८ अभिनेत्रीले लगाएका थिए यौन दुर्व्यवहारको आरोप

नातिनी हत्या आरोपित मोर्गनमाथि ८ अभिनेत्रीले लगाएका थिए यौन दुर्व्यवहारको आरोप

नेपालखबर
जेठ १८, २०८० बिहिबार १२:३८, काठमाडौँ

हलिउडका ओस्कार विजेता चर्चित अभिनेता मोर्गन फ्रिम्यान आज ८६ वर्षका भएका छन्।

५० वर्षसम्म हलिउडमा लुसी, द शशांक रिडेम्पसन जस्ता उत्कृष्ट फिल्म दिने मोर्गनको अभिनय करियर अझै जारी छ। तर, उनी फिल्मका कारण मात्र होइन, व्यक्तिगत जीवनका कारण पनि उत्तिकै चर्चामा रहन्छन्। मोर्गनमाथि शारीरिक दुर्व्यवहार र आफ्नै नातिनीको हत्या गरेको आरोप लागेको छ।

हलिउड अभिनेत्रीहरूले पनि उनलाई अनुचित रूपमा छोएको आरोप लगाएका छन्।

व्यक्तिगत जीवनका यावत उतारचढाव हुँदाहुँदै पनि मोर्गन हलिउडका सबैभन्दा शक्तिशाली अभिनेता मध्येका एक हुन्। ३ वटा निजी विमानका मालिक मोर्गनको कुल सम्पत्ति २ हजार ६४ करोड रुपैयाँ छ। 

मोर्गनको जन्म १ जुन १९३७ मा टेनेसी, अमेरिकामा भएको थियो। उनका बुबा मोर्गन पोर्टरफिल्ड नाईको काम गर्थे। आर्थिक अभावका कारण मोर्गनका परिवारले सानैमा उनलाई हजुरबुवाका जिम्मा लगाएका थिए। उनले सानैमा धेरै शहर र स्कुल परिवर्तन गरे। सानैबाट अभिनयमा पोख्त मोर्गनले १२ वर्षको उमेरमा राज्य नाटक प्रतियोगिता जिते। उनले विद्यालयबाट अभिनयमा छात्रवृत्ति पाए, तर उनले त्यसलाई अस्वीकार गर्दै संयुक्त राज्य वायु सेनामा भर्ना भए।

मोर्गनले वायुसेनामा रिपेयरम्यानको रूपमा काम गरे। ६ वर्षपछि उनले प्रथम श्रेणीको एयरम्यानको दर्जा पाए। केहि समय पनि उनी यो पेशामा सन्तुष्ट रहन सकेनन्। जागीर छोडे र लस एन्जलसमा अभिनय कक्षा लिन थाले। त्यसपछि पुनः उनी नाटकमा देखिन थाले।

नाटकमा काम गर्दागर्दै सन् १९८० मा उनले ‘ब्रुबेकर’बाट हलिउडमा डेब्यु गरे। त्यसपछि उनले थुप्रै हिट फिल्ममा काम गरे। ५० वर्षे फिल्मी करिअरमा उनले ‘मिलियन डलर, बेब, ड्राइभिङ मिस डेजी, लीन अन मी, रोबिनहुड प्रिन्स अफ थिव्स, अनफर्गिभन लगायतका उत्कृष्ट फिल्ममा अभिनय गरे। 

मोर्गनले १९८७ मा फिल्म ‘स्ट्रीट स्मार्ट’बाट सर्वश्रेष्ठ सहायक अभिनेताको लागि पहिलो ओस्कर नामांकन प्राप्त गरे। उनी ड्राइभिङ मिस डेजी र द शशांक रिडेम्पशनको लागि उत्कृष्ट अभिनेताको लागि ओस्करको लागि थप मनोनीत भए। सन् २००४ मा फिल्म ‘मिलियन डलर बेबी’बाट सहायक अभिनेताका लागि पहिलो ओस्कर प्राप्त गरे। 

मोर्गनले पहिलो विवाह जेनेट एडेयर ब्राडशसँग १९६७ मा गरेका थिए। उनको पहिलो विवाह १२ वर्षपछि टुट्यो। १९८४ मा मिर्ना कूलीसँग दोस्रो विवाह गरे। मिर्ना र मोर्गनका चार सन्तान भए।

सन् २०१५ मा मोर्गनकी सौतेनी नातिनी इडेना हाइन्स घाँटी काटेर हत्या गरेको अवस्थामा फेला परेकी थिइन्। यो हत्याको पहिलो आरोप उनका प्रेमी लामर डेभेनपोर्टलाई लगाइएको थियो। लामरकी आमाले अदालतमा भनिन्, ‘इडेनाले मर्नुअघि आफ्नो प्रेमी लामारलाई फोन गरेकी थिइन् र उनको सौतेनी हजुरबुवा मोर्गनले यौन दुर्व्यवहार गरेको बताएकी थिइन्।’

यो आरोपपछि मोर्गन विवादमामा तानिएका थिए। तर उक्त घटनामा इडेनाका प्रेमी लामार नै दोषी ठहर भएका थिए।

सीएएनले सन् २०१८ गरेको एक अनुसन्धानमा १८ महिलासँग मोर्गनले दुर्व्यवहार गरेको खुलेको थियो। तीमध्ये ८ महिलाले मोर्गनले छायांकन सेटमा अनुचित रूपमा आफूलाई छुने गरेको तथा महिलामाथि अश्लील टिप्पणी गर्ने गरेको बताएका थिए।

त्यसपछि उनी थप विवादमा मुछिएका थिए। तर उनले आफूलाई लागेको आरोप अस्वीकार गर्दै आएका छन्।

‘मसँग काम गर्ने जो कोहीलाई थाहा छ कि मैले जानाजानी कहिल्यै कसैलाई चोट पुर्‍याउने वा अपमान गर्ने कुनै पनि काम गरेको छैन,’ त्यसले उनले लेखेका थिए।

मोर्गनका वकिलले सीएनएनलाई उक्त कथा हटाउन र माफी माग्न आग्रह गरेका थिए। यद्यपि यो विषय समयसँगै मत्थर हुँदै गयो। मोर्गनमाथि कुनैपनि किसिमको कारबाही भएन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .