भारतले मध्यम दूरीको ब्यालेस्टिक मिसाइल अग्नि-१ को सफल प्रक्षेपण गरेको छ।
बिहीबार ब्यालेस्टिक मिसाइल अग्नि-१ को सफल प्रक्षेपण गरिएको हो। यो क्षेप्यास्त्र उच्च स्तरको सटीकताका साथ लक्ष्यमा प्रहार गर्न सक्षम रहेको जनाइएको छ।
भारतीय रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मध्यम दुरीको ब्यालेस्टिक मिसाइल अग्नि–१ को प्रक्षेपण सफलतापूर्वक सम्पन्न भएको छ। मिसाइल प्रणाली राम्रो काम गरिरहेको थियो।’
मिसाइलले आफ्नो लक्ष्यमा सही प्रहार गरेको थियो।
भारतले विगत दुई दशकदेखि धेरै ब्यालेस्टिक मिसाइल परीक्षण गर्दै आएको छ। भारतले हालसम्म अग्नी क्षेप्यास्त्रका धेरै शृङ्खलाहरू विकास गरिसकेको छ। बीबीसी
जेठ १८, २०८०, बिहीबार
60
Shares
प्रतिक्रिया