ग्लोबल


दक्षिण अफगानिस्तानमा ७७ किलो हेरोइनसहित एक जना पक्राउ

दक्षिण अफगानिस्तानमा ७७ किलो हेरोइनसहित एक जना पक्राउ

नेपालखबर
असार २४, २०८० आइतबार २१:३२, काठमाडौँ

दक्षिण अफगानिस्तानको उरुज्गान प्रान्तबाट प्रहरीले ७७ किलो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ।

अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता अब्दुल मतिन कानीले ७७ किलो हेरोइनसहित एक व्यक्तिलाई पक्राउ गरिएको पुष्टि गरेका छन्।

पछिल्लो २४ घण्टामा उरुज्गान प्रान्तबाट लागुऔषधसहित ती व्यक्ति, पूर्वी खोस्त प्रान्तबाट थप तीन जना र परवान प्रान्तबाट एक जना लागुऔषध तस्करलाई पक्राउ गरिएको कानीले बताए।

प्रवक्ताले थप विवरण नदिइकन प्रहरीले पक्तिका र परवान प्रान्तमा लागुऔषध विरोधी अभियान अन्तर्गत २०० एकड अफिम पनि नष्ट गरेको बताए। 

अफगानिस्तानको राजधानी काबुल शहरमा पछिल्लो २४ घण्टामा लागूऔषध ओसारपसारमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यस्तै हेरात प्रान्तमा पछिल्लो एक सातामा करिब एक दर्जन लागुऔषध तस्करलाई प्रहरीले पक्राउ गरेको छ।

अफगानिस्तानको कार्यवाहक प्रशासनका सर्वोच्च नेता मुल्लाह हिबतुल्लाह अखुन्दजादाले गत वर्ष अप्रिलमा जारी गरेको आदेशमा अफिमलगायत अवैध बालीको खेती, लागूऔषध प्रशोधन र ओसारपसारमा प्रतिबन्ध लगाइएको घोषणा गरेका थिए। (रासस/सिन्ह्वा)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad