ग्लोबल


अमेरिकी राष्ट्रपति बाइडेन बेलायत प्रस्थान, राजा चार्ल्स र प्रधानमन्त्री सुनकसँग भेट्ने

अमेरिकी राष्ट्रपति बाइडेन बेलायत प्रस्थान, राजा चार्ल्स र प्रधानमन्त्री सुनकसँग भेट्ने

नेपालखबर
असार २४, २०८० आइतबार २१:५४, काठमाडौँ

राष्ट्रपति जो बाइडेन राजा चार्ल्सलाई भेट्न आइतबार बेलायत प्रस्थान गरेका छन्। उत्तर एटलान्टिक सन्धि संगठन (नाटो)शिखर सम्मेलनका लागि भिल्नियस जानुअघि उनको बेलायत भ्रमण हुन लागेको हो।

बाइडेन डेलावेयरस्थित डोभर एयर फोर्स आधार शिविरबाट प्रस्थान गरी आइतबार राति अमेरिकाको प्रमुख सहयोगी यूरोपेली मुलुक बेलायत पुग्ने वासिङ्टन स्रोतले बताएको छ। 

चाल्र्स तृतीयको राज्याभिषेकमा उपस्थित नभई अमेरिकी राष्ट्रपतिले प्रथम महिला जिल बाइडेनलाई पठाएका थिए। चाल्र्सको राज्याभिषेकपछि उनीहरूबीच पहिलो पटक सोमबार भेटवार्ता हुनेछ।

ह्वाइट हाउसका अनुसार उनीहरुबीचको वार्ता वातावरणीय विषयमा केन्द्रित हुने अपेक्षा गरिएको छ। बाइडेनले १० डाउनिङ स्ट्रिटमा प्रधानमन्त्री ऋषि सुनकसँग पनि भेटवार्ता गर्नेछन्।

बाइडेनको युरोप भ्रमणको मुख्य भाग मङ्गलबार र बुधबार लिथुआनियाको राजधानीमा नाटो शिखर सम्मेलन हुनेछ, जहाँ पश्चिमी सहयोगीहरूले युक्रेनलाई रूसी कब्जा र सेनाहरू हटाउन मद्दत गर्ने बारेमा छलफल गर्नेछन्।

बाइडेनले यो शिखर सम्मेलनलाई टर्कीलाई स्वीडेनको नेटो सदस्यताको प्रस्तावको विरोध फिर्ता लिन दबाब दिन प्रयोग गर्ने अपेक्षा गरिएको छ भने उनले युक्रेनलाई गठबन्धनमा छिटो प्रवेश गराउने वाचाको विरोध गर्ने बताइएको छ।

ईयू प्रवेशका लागि अन्य सदस्यहरूको सर्वसम्मत सहमति आवश्यक पर्दछ।

भिल्नियसमा रहँदा बाइडेनले शहरको विश्वविद्यालयमा विदेश नीतिसम्बन्धी प्रमुख सम्बोधन पनि गर्नेछन्।

युक्रेनलाई ‘क्लस्टर’ युद्धसामग्री उपलब्ध गराउने विवादास्पद निर्णयपछि उनको यो भ्रमण तय भएको हो।

यसलाई अधिकांश नेटो सदस्य देशहरूले प्रतिबन्ध लगाएका छन् तर संयुक्त राज्य अमेरिकाले प्रयोग गरिरहेको छ र भारी मात्रामा युक्रेनविरूद्ध खनिएको रूसी सेनालाई फिर्ता गर्न अमेरिकाले युक्रेनलाई नष्ट गर्न ‘क्लस्टर’ युद्धसामग्री उपलब्ध गराउने मद्दत गर्ने बताएको छ।

बिहीबार वासिङ्टन फर्कनुअघि बाइडेनको अन्तिम गन्तव्य फिनल्याण्ड हुनेछ। फिनल्याण्डले युक्रेनमा रूसी आक्रमणको प्रतिक्रियास्वरूप नेटोमा प्रवेश गर्न आफ्नो ऐतिहासिक तटस्थतालाई समाप्त गरेको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पाँच वर्षअघि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्न गएयता हेलसिन्कीको भ्रमण गर्ने बाइडेन पहिलो अमेरिकी राष्ट्रपति हुनेछन्। (रासस/एएफपी)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad